१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ भदौ ३ शुक्रबार
  • Wednesday, 03 July, 2024
२o७९ भदौ ३ शुक्रबार o७:२o:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
अर्थ प्रिन्ट संस्करण

नेपालको पहिलो पाँचतारे डेला अन्नपूर्ण

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ भदौ ३ शुक्रबार o७:२o:oo

नेपालको पहिलो पाँचतारे होटेल दरबारमार्गस्थित डेला अन्नपूर्ण हो । यो होटेल तत्कालीन अधिराजकुमारी हेलेन शाहको अगुवाइमा सन् १९६५ बाट सञ्चालनमा आएको हो । सुरुमा पाँचतारे खोल्ने सोच नभए पनि दरबारले निम्त्याएका विदेशी पाहुना राख्न लक्जरी अपार्टमेन्ट खोलिएको थियो । 

दरबारमा आयोजना हुने शुभकार्यमा अक्सर विदेशी विशिष्ट पाहुना निम्त्याइन्थ्यो । राजाको राज्याभिषेक, राजपरिवारका छोराछोरीको विवाह, भोजमा विदेशी पाहुना आउँथे । तर, ती विशिष्ट पाहुनाको सत्कारका लागि राम्रो होटेलै थिएन ।

काठमाडौंमा लक्जरी होटेलको आवश्यकतालाई मध्यनजर गरी पाँचतारे अन्नपूर्ण होटेल खोलिएको थियो । तर, कोभिडयता भने यो होटेल बन्द अवस्थामा छ । हाल देशमा १८ वटा पाँचतारे होटेल सञ्चालनमा छन् । त्यसमध्ये काठमाडौं उपत्यकामा ११ वटा र फोमसलमा सातवटा छन् । 

ad
ad
ad
ad