१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ भदौ १ बुधबार
  • Friday, 05 July, 2024
नयाँ पत्रिका काठमाडाैं
२o७९ भदौ १ बुधबार १४:१८:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

नेपाली सिमेन्ट उद्योगीका जायज मागलाई सम्बोधन गर्छु : मन्त्री यादव

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o७९ भदौ १ बुधबार १४:१८:oo

वन तथा वातावरणमन्त्री प्रदीप यादवले नेपाल सिमेन्ट उद्योगीका जायज मागलाई सम्बोधन गरिने बताएका छन् । बुधबार मन्त्रालयमा नेपाल सिमेन्ट उत्पादक संघका प्रतिनिधिसँगको छलफलका क्रममा मन्त्री यादवले नेपाली सिमेन्टलाई प्रोत्साहन गर्नका लागि भए पनि सिमेन्ट उत्पादकका जायज मागलाई सम्बोधन गरिने बताए ।

उनले भने, ‘नेपाली सिमेन्टलाई प्राथमिकता दिनु सरकारको दायित्व हो, तपाईंहरूलाई परेका समस्या समाधानका लागि मसहित मन्त्रालय पहल गर्नेछ ।’ मन्त्री यादवसँगको भेटघाट तथा छलफलका क्रममा सिमेन्ट उत्पादक संघका प्रतिनिधिले वन नियमावलीका केही प्रावधानका कारण सिमेन्ट उद्योग संकटमा परेको जानकारी गराउँदै उक्त प्रावधान संशोधन गरिदिन  आग्रह थिए । 

मन्त्री यादवले नियमावलीमा रहेका बाधा–व्यवधानलाई आवश्यक संशोधन गर्नका लागि अध्ययन गर्न एउटा विज्ञको टोली गठन गर्न निर्देशनसमेत दिएका छन् । टोलीले सात दिनभित्र उद्योगी, व्यवसायी र त्यस क्षेत्रका प्राविधिक जानकारसँग छलफल गरी आवश्यक अध्ययन गरेर प्रतिवेदन प्रस्तुत गर्ने र सोही प्रतिवेदनको आधारमा नियमावलीका प्रावधान सच्याएर उद्योगीको जायज मागलाई पूरा गरिने मन्त्री यादवले प्रतिबद्धता  जनाएका छन् ।  

ad
ad
ad
ad