१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २४ सोमबार
  • Monday, 06 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ बैशाख २४ सोमबार १३:५४:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

विकास निर्माणमा अबको भविष्य नगरपालिकाकाे हो : उपाध्यक्ष पौडेल

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख २४ सोमबार १३:५४:oo

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. विश्वनाथ पौडेलले विकास निर्माणमा अबको भविष्य नगरपालिकाहरूको रहेको बताएका छन् । बुधबार नेपाली कांग्रेसबाट प्रदेश १ का स्थानीय तहका जनप्रतिधिसँगको भेटघाट कार्यक्रममा बोल्दै उपाध्यक्ष डा. पौडेलले यस्तो बताएका हुन् ।

उपाध्यक्ष पौडेलले संघीय सरकारले ठूलो आयोजनाहरू मात्रै प्राथमिकतामा गर्ने र साना परियोजनाहरू स्थानीय तहमा नै दिने योजना रहेको बताए । उनले सांसदहरूले साना–साना भित्री सडक बनाउन माग गर्ने प्रावधान हट्ने बताए ।

उनले स्थानीय जनप्रतिनिधिहरूले विपन्नलाई सहयोग गर्नुपर्ने सुझाव दिए । उनले नगरपालिका वा गाउँपालिका क्षेत्रभित्रका विपन्न समुदायहरूलाई सहयोग गरे अर्कोपटक चुनाव लड्न सजिलो हुने बताए । उपाध्यक्ष पौडेलले जनप्रतिनिधिहरू सकेसम्म सबै जनताको बीचमा जान पनि सुझाव दिए । 

उनले स्थानीय तहले बजेट बनाउँदा विशेष बजेटमा ध्यान दिनुपर्ने बताए । उनले ठूला नगरपालिकाहरूले समेत विशेष बजेटअन्तर्गत सडक निर्माणको योजना राखेको भन्दै विशेषमा सडक निर्माणको योजना नपर्ने बताए । 

ad
ad