आगामी संघ र प्रदेशको निर्वाचन प्रयोजनका लागि हालसम्म निर्वाचन आयोगमा ६८ दल दर्ता भएका छन्। दिउँसो १ बजेसम्म आयोगमा ६८ दल दर्ता भएका आयोगले जनाएको छ।
मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनका लागि दल दर्ताको समय आज सकिँदै छ। आयोगले साउन २२ देखि साउन ३१ गते कार्यालय समयसम्म दल दर्ताको समय तोकेको थियो।