१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २२ शनिबार
  • Saturday, 04 May, 2024
२o८१ बैशाख २२ शनिबार o६:२९:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

अनुमतिविना शाखा विस्तार गर्ने थ्राइभ ब्रोकरेज कारबाहीमा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २२ शनिबार o६:२९:oo

नेपाल धितोपत्र बोर्ड (सेबोन)ले १३ नं ब्रोकर थ्राइभ ब्रोकरेज हाउस प्रालिलाई कारबाही गरेको छ । कम्पनीले अनधिकृत रूपमा शाखा विस्तार गरी कारोबार गरिरहेको पाइएपछि जरिवाना तिराइएको बोर्डले जनाएको छ । धितोपत्रसम्बन्धी ऐन, २०६३ को दफा १०१ को उपदफा (६) बमोजिम कम्पनीले ५० हजार रुपैयाँ जरिवाना तिरेको छ । 

कम्पनीले तनहुँको व्यास–२, दमौलीमा अनुमति नलिई शाखा कार्यालय स्थापना गरेको थियो । धितोपत्र व्यवसायी (धितोपत्र दलाल तथा धितोपत्र व्यापारी) नियमावली, २०६४ को नियम ४० को उपनियम (१) मा ‘धितोपत्र दलाल र धितोपत्र व्यापारीले बोर्डको स्वीकृति लिई शाखा कार्यालय खोल्न सक्नेछ,’ भन्ने व्यवस्था छ । विद्यमान नीतिगत व्यवस्थालाई बेवास्ता गरी शाखा कार्यालय खोलेपछि थ्राइभ ब्रोकरेज हाउस प्रालिलाई कारबाही गरेको सेबोनले जनाएको छ ।
 

ad
ad