मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७९ श्रावण ३० सोमबार
  • Saturday, 12 July, 2025
नयाँ पत्रिका काठमाडौं
२o७९ श्रावण ३० सोमबार १६:५४:oo
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

सेयर बजारमा हरियाली, नेप्से ५५ अंकले बढ्यो

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ श्रावण ३० सोमबार १६:५४:oo

पछिल्लो समय निरन्तर रूपमा गिरावट हुँदै आएको नेप्से परिसूचक सोमबार उच्च अंकले वृद्धि भएको छ। नेप्से ५५.८८ अंकले बढेर दुई हजार ६५.८९ बिन्दुमा पुगेको छ। त्यस्तै, सेन्सेटिभ इन्डेक्स ११.२३, फ्लोट इन्डेक्स ३.४६ र सेन्सेटिभ फ्लोट इन्डेक्स ३.४८ अंकले बढेको छ।

सोमबार कारोबारमा आएका दुई सय १५ कम्पनीको ६० लाख २६ हजार एक सय ९२ कित्ता सेयर दुई अर्ब ४३ करोड २९ लाख ८४ हजार ६ सय ११ रुपैयाँबराबरमा कारोबार भएको छ। आइतबारको तुलनाका नेप्से र कारोबार रकम दुवै बढेको छ। आइतबार एक अर्ब ८७ करोड ३२ लाख ८१ हजार आठ सय ९७ रुपैयाँबराबरको कारोबार भएको थियो।

नेप्सेको १३ वटै उपसमूहको सूचकमा समेत हरियाली छाएको छ। जसमा फाइनान्स, विकास बैंक र हाइड्रोपावर कम्पनीमा लगानीकर्ताको आकर्षण देखिएको छ। फाइनान्स उपसमूहको सूचक सबैभन्दा धेरै ७.३८ प्रतिशतले बढेको छ। विकास बैंक उपसमूहको ५.३२ प्रतिशत र हाइड्रोपावर उपसमूहको सूचक ४.४३ प्रतिशतले बढेको छ।

नेप्से बढेसँगै इन्भेष्टमेन्ट फाइनान्स, मल्टिपर्पस फाइनान्स र राधी विद्युतको सेयरमूल्य सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। त्यस्तै, रिभर फल्स पावरको ९.९९ प्रतिशत र पञ्चकन्या हाइड्रोपावरको ९.९६ प्रतिशतले बढेको छ।

यता रिडि हाइड्रोपावरको सेयरमूल्य ९.९९ प्रतिशतले घटेको छ भने गुराँस लघुवित्तको २.७० प्रतिशतले घटेको छ। सोमबार शिवम् सिमेन्टको २१ करोड दुई लाख रुपैयाँको सेयर कारोबार भएको छ।