१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २२ शनिबार
  • Saturday, 04 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २२ शनिबार १६:२३:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ डिजिटल संस्करण

अनधिकृत रूपमा ब्रोकर शाखा विस्तार गरेको थ्राइभ ब्रोकरेजलाई कारबाही

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २२ शनिबार १६:२३:oo

नेपाल धितोपत्र बोर्ड (सेबोन)ले १३ नं. ब्रोकर थ्राइभ ब्रोकरेज हाउस प्रालिलाई जरिवाना तिराएको छ। अनधिकृत रूपमा शाखा विस्तार गरी कारोबार गरिरहेको पाइएपछि सेबाेनले जरिवाना गराएको हो।

थ्राइभ ब्रोकरेजले ५० हजार रुपैयाँ जरिवाना तिरेको छ। धितोपत्रसम्बन्धी ऐन, २०६३ को दफा १०१ को उपदफा (६) बमोजिम कम्पनीले हर्जाना व्यहोरेको हो।

कम्पनीले तनहुँको व्यास– २ दमौलीमा शाखा कार्यालय स्थापना गरेको थियो। धितोपत्र व्यवसायी (धितोपत्र दलाल तथा धितोपत्र व्यापारी) नियमावली, २०६४ को नियम ४० को उपनियम (१) मा ’धितोपत्र दलाल र धितोपत्र व्यापारीले बोर्डको स्वीकृति लिई शाखा कार्यालय खोल्न सक्नेछ’ भन्ने व्यवस्था छ।

विद्यमान नीतिगत व्यवस्थालाई बेवास्ता गरी शाखा कार्यालय खोलेपछि थ्राइभ ब्रोकरेज हाउस प्रालिलाई कारबाही गरेको सेबोनले जनाएको छ।

ad
ad