मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २०८० जेठ २१ आइतबार
  • Sunday, 04 June, 2023
नयाँ पत्रिका काठमाडौं
२०७९ श्रावण ३० सोमबार १५:४७:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

भारतीय दूतावासले मनायो ७६औँ स्वतन्त्रता दिवस

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ श्रावण ३० सोमबार १५:४७:००

नेपालस्थित भारतीय दूतावासले भारतको ७६औँ स्वतन्त्रता दिवस मनाएको छ। काठमाडौंको लैनचौरमा रहेको भारतीय दूतावासले सोमबार एक समारोह आयोजना गरी स्वतन्त्रता दिवस मनाएको हो।

भारतीय झन्डा फहराएर सुरु गरिएको कार्यक्रममा दूतावासका काउन्सिलर प्रसन्न श्रीवास्तवले भारतीय राष्ट्रपति द्रौपदी मुर्मूले राष्ट्रको नाममा दिएको सन्देश पढेर सुनाएका थिए।

कार्यक्रममा भारतीय सशस्त्र बलका दिवंगत सैनिकका श्रीमती र निकटतम नातेदारहरूलाई २.६५ करोड रुपैयाँ प्रदान गर्दै सम्मान गरिएको थियो। त्यस अवसरमा भारतीय स्वतन्त्रता आन्दोलनमा वीरगति प्राप्त गरेकाहरूको सम्मानमा गीत, संगीत प्रस्तुत गरिएको थियो।