मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ श्रावण ३० सोमबार
  • Thursday, 19 December, 2024
नयाँ पत्रिका काठमाडाैं
२o७९ श्रावण ३० सोमबार ११:४३:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

पर्यटकीय गन्तव्यहरूलाई असर नपर्ने गरी विकास हुनुपर्छ : मन्त्री श्रेष्ठ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o७९ श्रावण ३० सोमबार ११:४३:oo

संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री जीवनराम श्रेष्ठले पर्यटकीय गन्तव्यहरूलाई असर नपर्ने गरी विकास निर्माण हुनुपर्ने बताएका छन् । सोमबार  पर्वतीय पर्यटन व्यवसायीको छाता संगठन ट्रेकिङ एजेन्सिज एसाेसिएसन अफ नेपाल (टान) को वार्षिक साधारणसभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

मन्त्री श्रेष्ठले नेपालालाई वर्षभर नै पर्यटकहरू आउने पर्यटकीय गन्तव्यस्थल बनाउनुपर्ने बताए । उनले वर्षभर नै नेपाल पर्यटकहरूका लागि खुला छ भन्ने कुराको प्रचार गरी पर्यटकलाई आकर्षित गर्नुपर्ने बताए। उनले विदेशमा रहेका हरेक नेपालीले कम्तीमा एकजना विदेशीलाई नेपाल घुम्न जाऔँ भन्ने वातावरण सिर्जना गर्ने अभियान थालेको बताए ।

उनले सरकार पर्यटन क्षेत्रलाई थप आकर्षित गरेर प्रवर्द्धन गर्ने कुरालाई ध्यानमा राखेर अघि बढिरहेको बताए । उनले सरकार ट्रेकिङ क्षेत्रलाई व्यवस्थित, आकर्षित र प्रवर्द्धन गर्ने कुरामा प्रतिबद्ध रहेको बताए । मन्त्री श्रेष्ठले विकासको कारणले ट्रेकिङ रुटहरूमा पनि असर भइरहेको भन्दै यसलाई ध्यानमा राखेर सरकारले आगामी कदम चाल्ने बताए ।

स्थानीय जनप्रतिनिधि र संघीय जनप्रतिनिधिबीचमा व्यापक छलफल गरेर नेपालका पर्यटकीय गन्तव्यहरूमा असर नपर्ने गरेर विकासका काम अघि बढाउने गरी विकासका कार्यक्रम अघि बढाउने प्रतिबद्धता जनाए ।