मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
२०७९ श्रावण २९ आइतबार १८:३४:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

लुम्बिनीमा कुलप्रसाद सरकारको एक वर्ष, सरकार भन्छ– कार्यकाल सफल

Read Time : < 1 मिनेट
२०७९ श्रावण २९ आइतबार १८:३४:००

लुम्बिनी प्रदेशमा कुलप्रसाद केसी नेतृत्वको सरकार गठन भएको एक वर्ष पूरा भएको उपलक्ष्यमा प्रदेश सरकारले ५२ बुँदे उपलब्धि सार्वजनिक गरेको छ। सरकारले आइतबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेका उपलब्धिहरूमा अन्तर्क्रिया कार्यक्रमदेखि हेलो मुख्यमन्त्री कार्यक्रमको सञ्चालनसम्म रहेका छन्। 

मुख्यमन्त्री शैक्षिक सुधार कार्यक्रम घोषणा भई प्रदेशका १०९ वटै स्थानीय तहमा लागू भई कार्यान्वयनमा आएको, ४ वटा प्रदेश गौरवका आयोजनाको रूपमा राप्ती उपत्यकामा राजधानी निर्माण, लुम्बिनी प्रादेशिक अस्पताल, लुम्बिनी प्राविधिक विश्वविद्यालय र रामपुर, पाल्पादेखि पातिहाल्ना-रोल्पा सडक आयोजना घोषणा गरिएको तथा मुटु, मिर्गौला र क्यान्सर रोगको उपचारार्थ  विपन्न नागरिक उपचारमा थप सहयोग रु २ लाखसम्म प्रतिव्यक्ति उपचार सहायता उपलब्ध गराउने कार्यक्रमअन्तर्गत कार्यविधि तर्जुमा गरी २ सय ७६ जनाले सहायता प्राप्त गरेको प्रदेश सरकारले जनाएको छ।

त्यस्तै, सरकारका उपलब्धिमा पाँचौँ प्रदेश समन्वय परिषद्को बैठक सम्पन्न भई निर्णयहरूको कार्यान्वयन गरिएकोदेखि नवनिर्वाचित १०९ स्थानीय तहका प्रमुख-अध्यक्ष, उपप्रमुख-उपाध्यक्षसँग प्रदेश सरकार र स्थानीय तहबीचको समन्वय र अन्तरसम्बन्धका सम्बन्धमा विज्ञहरूसहित छलफल तथा अन्तर्क्रिया कार्यक्रमलाई पनि समावेश गरिएको छ।