१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ श्रावण २९ आइतबार
  • Saturday, 05 July, 2025
नयाँ पत्रिका काठमाडौं
२o७९ श्रावण २९ आइतबार १६:१३:oo
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

नेप्से सूचकमा २७ अंकको गिरावट, कारोबार रकम पनि सुस्त

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ श्रावण २९ आइतबार १६:१३:oo

आइतबार नेप्से परिसूचक २७.९२ अंकले घटेर दुई हजार १०.०१ बिन्दुमा आइपुगेको छ। त्यस्तै ‘क’ वर्गका कम्पनीहरूको कारोबार मापक सेन्सेटिभ इन्डेक्स ४.७६ अंकले घटेर तीन सय ८६.६५ बिन्दुमा आइपुगेको छ।

बजारमा आएको उच्च गिरावटसँगै लगानीकर्ता निकै निराश बनेका छन्। यस दिन सबै समूहको सूचक घट्दा कारोबार रकम पनि निकै सुस्त बन्न पुगेको छ। उत्पादनमूलक समूहको सूचक तीन प्रतिशतभन्दा बढीले गुमाउँदा फाइनान्स समूह, जीवन बिमा, लगानीगत समूह र ट्रेडिङ समूहको सूचक दुई प्रतिशतभन्दा बढीले घटेका छन्। अन्य समूहको सूचकमा सामान्य गिरावट आएको छ।

बजारमा आएको निरन्तर गिरावटले कारोबार रकम निकै सुस्त बनेको छ। बजार अघिल्लो हप्तादेखि नै घटिरहेको छ। बजार घटेसँगै लगानीकर्ताहरूले लगानी बढाएका छैनन्। धितोपत्र र ऋणपत्र गरी कारोबारमा आएका २२७ कम्पनीको ४५ लाख ५९ हजार कित्ता सेयर खरिद बिक्री हुँदा एक अर्ब ८७ करोड रुपैयाँको मात्र कारोबार भएको छ।

सर्वाधिक कारोबार हुने कम्पनीमा हिमालयन डिस्टिलरी रहेको छ भने दोस्रोमा नेपाल इन्स्योरेन्स रहेको छ। यी कम्पनीको १६ करोड रुपैयाँ र ११ करोड १२ लाख रुपैयाँको सेयर कारोबार भएको छ। त्यसैगरी शिवम् सिमेन्ट, स्वाबलम्बन लघुवित्त वित्तीय संस्था, नबिल बैंक चार करोड रुपैयाँदेखि ८ करोड २० लाख रुपैयाँसम्मको सेयर कारोबार भएको छ।

घटेको बजारमा पनि अपर हेवाखोला लघुवित्त वित्तीय संस्था, कालिका पावर कम्पनी, सामलिङ पावर कम्पनी, सिटिजन म्युचुअल फन्ड र जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाको दुई प्रतिशतदेखि ८.१० प्रतिशतले बढेका छन्। गुराँस लघुवित्त वित्तीय संस्था, हिमालयन डिस्टिलरी, इमर्जिङ नेपाल, नेपाल लाइफ इन्स्योरेन्स र मल्टिप्रपोज फाइनान्स कम्पनीको ५.३७ प्रतिशतले घटेका छन्।