मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७९ श्रावण २९ आइतबार १०:२८:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

सिराहामा हात्तीको आक्रमणबाट एक घाइते, सात घरमा क्षति

Read Time : < 1 मिनेट
२०७९ श्रावण २९ आइतबार १०:२८:००

सिराहाको चुरे क्षेत्रसँग जोडिएको गोलबजार नगरपालिका– ३ जमदह जरुवामा आइतबार बिहान जंगली हात्तीको आक्रमणमा परी एक युवक गम्भीर घाइते भएका छन् । जमदह जरुवा गाउँका करिब ३५ वर्षीय रामकुमार दनुवार आइतबार बिहान ४ बजेतिर घरबाहिर निस्किएका वेला बाटोमा बसिरहेका दुईवटा हात्तीको आक्रमणमा परी  गम्भीर घाइते भएको वडाध्यक्ष धनप्रसाद मोक्तानले जानकारी दिए । 

हात्तीको आक्रमणबाट दनुवारको ढाड र शरीरका अन्य भागमा समेत चोट लागेको छ । चोटका कारण बस्नसमेत नसक्ने भएकाले उनलाई गोलबजारस्थित माँ धमिनी पोलिक्लिनिकमा सामान्य उपचार गरी लहान ल्याइएको छ । लहानमा पनि उपचार सम्भव नहुने देखिएकाले चिकित्सकले थप उपचारका लागि बाहिर रेफर गर्ने तयारी गरेको घाइतेसँग रहेकी बहिनी अनिता दनुवारले जानकारी दिइन् । 

दुई दिनमा सात घरमा क्षति 

जंगली हात्तीको समूहले शनिबार र आइतबार गरी लहान र गोलबजारका सात घरमा क्षति पुर्‍याएकाे छ । आइतबार बिहान जमदह मुसहर्नियाका लक्ष्मी सदाको घरमा क्षति पुर्‍याएकाे हात्तीको समूहले नै शनिबार बिहान लहान नगरपालिका– १५ मोहनपुर र सिसवनी गाउँमा ६ जनाको घरमा क्षति पुर्‍याएकाे गाउँले बताउँछन् । 

लहान– १५ का वडाध्यक्ष तेजनारायण चौधरीका अनुसार सिसवनी र मोहनपुर गाउँका सातवटा कच्ची घर भत्काएर हात्तीको समूह चुरे जंगल हुँदै पश्चिमतिर लागेको थियो । हात्तीको समूहले स्थानीय लक्ष्मी सदाय, शिवकुमारी सदाय, राम सदाय, श्यामकुमार सदाय, दीपेन सदाय, सरोज सदाय र कपले यादवका घर भत्काएको वडाअध्यक्ष चौधरीले जानकारी दिए।