१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ श्रावण २९ आइतबार
  • Wednesday, 26 June, 2024
२o७९ श्रावण २९ आइतबार १o:१o:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
अर्थ प्रिन्ट संस्करण

धान छाडेर घाँसखेती

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ श्रावण २९ आइतबार १o:१o:oo

चितवनको धान फल्ने खेतमा रोपाइँ गर्न छाडेर घाँसखेती गर्ने किसानको संख्या बर्सेनि बढ्ने क्रममा छ । सुन्दै अनौठो लाग्ने गरी रत्ननगर–१३ का किशोर बगालेले चार बिघा जमिन भाडामा लिएर घाँस लगाएका छन् । 

नौ वर्षअघिदेखि घाँस लगाउन सुरु गरेका उनले सुरुका दिनमा पाँच कट्ठाबाट घाँस लगाउन सुरु गरेको भए पनि अहिले चार बिघा जमिनमा लगाएका छन् । बगाले व्यावसायिक पशुपालक किसान पनि हुन् । उनले भने, ‘मेरो आफ्नै जमिन सात कट्ठा छ, त्योसँगै चार बिघा जमिन भाडामा लिएर घाँस लगाउँदै आएको छु ।’ उनको गोठमा साना–ठूला गरेर ३२ वटा गाई छन् । 

उत्पादन भएका सुपरनेपियर, जै र सुडान घाँस आफैँले प्रयोग गर्छु । बढी भएको घाँस बिक्री पनि गर्ने गरेको छु । घाँसका बिरुवासमेत बिक्री हुन्छ । नेपियर घाँस एक ट्याक्टरको तीन हजार रुपैयाँमा बिक्री हुन्छ ।

जिल्लामा घाँस रोपेर चामल किन्ने पशुपालक किसानको संख्या धेरै छ । ‘समयमा मल पाइँदैन, महँगो श्रमिक र ट्याक्टर शुल्क तिरेर धान रोप्नुभन्दा घाँस लगाउन धेरै फाइदा हुन्छ,’ भरतपुर–६ का किसान भगीरथ तिमल्सिनाले भने । सुरुमा घाँस लगाउँदा मानिसहरू अचम्म मान्थे, भात खाने खेतमा के गरेको भन्थे । तर, अहिले गाउँमा प्रायःले घाँस लगाउन थालेका छन् । 

व्यावसायिक किसानसमेत रहेका उनले ०६० सालदेखि नै घाँस लगाउन थालेका हुन् । घाँस उत्पादन भएपछि पशुलाई पराल किन्नुनपरेको र दाना–चोकरसमेत कम प्रयोग भएको उनको अनुभव छ । बहुवर्षे घाँसको लागत धानखेतीको तुलनामा धेरै नै कम छ ।

स्थानीय तह, कृषि सहकारीहरूले समेत किसानलाई प्रोत्साहन गरेका कारण पनि घाँसखेतीतर्फ किसानको मोह बढ्दै गएको भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र भरतपुरका प्रभात न्यौपानेले बताए । 

ad
ad
ad
ad