मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ४ मंगलबार
  • Tuesday, 16 April, 2024
२०७९ श्रावण २८ शनिबार ११:५७:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

किराना पसल आगलागी हुँदा ५० लाखभन्दा बढीको क्षति  

Read Time : < 1 मिनेट
२०७९ श्रावण २८ शनिबार ११:५७:००

सिराहाको विष्णुपुर गाउँपालिका– १ मा पर्ने विष्णुपुर बजारमा रहेको एक किराना पसलमा आगलागी हुँदा पसलका सामान र  नगद जलेको छ । स्थानीय अमर यादवले सञ्चालन गरिरहेको किराना पसलमा शनिबार बिहान १ बजेतिर आगलागी हुँदा पसलमा रहेको किराना सामान, नगद र भाडाको घरसमेतमा गरी करिब ५० लाख रुपैयाँबराबरको क्षति भएको हुन सक्ने जिल्ला प्रहरी कार्यालय सिराहाका निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक रामचन्द्र साहले जानकारी दिए । 

घर भाडामा लिएर किराना पसल चलाउँदै आएका यादवको पसलमा विद्युत् सर्ट भएर आगलागी भएको हुन सक्ने प्रहरीले जनाएको छ । साँझ पसल बन्द गरेर पसल सञ्चालक घर गएको वेला आगो लागेको देखेपछि स्थानीय प्रहरीले पसल सञ्चालक र दमकललाई खबर गरेको जनाइएको छ । आगो प्रहरी, गोलबजार र सिराहाबाट गएको दमकलको सहयोगमा नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय विष्णुपुरले जनाएको छ ।