मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७९ श्रावण २७ शुक्रबार
  • Sunday, 13 July, 2025
नयाँ पत्रिका काठमाडौं
२o७९ श्रावण २७ शुक्रबार १२:o५:oo
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

बढ्यो सुनको मूल्य, चाँदीको स्थिर

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ श्रावण २७ शुक्रबार १२:o५:oo

सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु. सात सयले बढेर रु. ९७ हजार तीन सय तोकिएको छ। पहेँलो धातु अघिल्लो दिन प्रतितोला रु. ९६ हजार ६ सयमा कारोबार भएको थियो।

नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरणअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु. ९६ हजार आठ सय छ। यसको मूल्य अघिल्लो दिन प्रतितोला रु. ९६ हजार एक सय थियो।

त्यस्तै, आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यको तुलनामा स्थिर रही प्रतितोला रु. एक हजार दुई सय २५ कायम रहेको महासंघले जनाएको छ। अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यको तुलनामा महासंघले यहाँ दैनिक कारोबार मूल्य तोक्दै आएको छ।