मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ श्रावण २७ शुक्रबार ०६:४१:००
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

महिन्द्रा गाडीमा ७० प्रतिशतसम्म फाइनान्सिङ योजना

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ श्रावण २७ शुक्रबार ०६:४१:००

अग्नि इन्कर्पोरेटले आफ्ना महिन्द्रा स्कर्पियो र बोलेरो रेन्जका सवारीसाधनमा पहिलोपटक ७० प्रतिशतसम्म फाइनान्सिङ स्किम ल्याएको छ । बजारको वर्तमान आर्थिक अवस्थालाई ध्यानमा राख्दै अग्निले व्यवसाय गर्ने योजना बनाइरहेका उद्यमीहरूलाई सहयोग गर्न यो योजना ल्याएको हो ।

अग्नि इन्कर्पोरेटेडले योजनाका लागि अग्नि हायर पर्चेजसँग सम्झौता गरेको जनाएको छ । आफ्ना ग्राहकलाई झन्झटरहित फाइनान्सिङ सेवा प्रदान गर्न र उनीहरूलाई गर्वका साथ महिन्द्रा सवारीसाधनका मालिक बन्न सहज तुल्याउन चाहेको कम्पनीले जनाएको छ । कम्पनीले सहज कागजात र प्रक्रियाहरू पूरा गरेर ग्राहकले आवेदन दिएको सात कार्यदिनभित्र कर्जा सुविधा प्राप्त गर्न सक्ने जनाइएको छ ।

ब्रान्ड न्यु फोर ह्विलर्सका लागि कुल ऋण सीमा प्रतिष्ठानहरूका लागि बिल रकमको ७० प्रतिशतसम्म र व्यक्तिगत खरिदकर्ताका ब्रान्ड नयाँ फोर ह्विलर्सका लागि कुल ऋण सीमा ५० प्रतिशतसम्म रहेको कम्पनीले जनाएको छ । फाइनान्सिङको अधिकतम अवधि पाँच वर्षसम्मको हुने र यसका लागि ग्राहकबाट ३० प्रतिशत डाउन पेमेन्ट आवश्यक पर्ने कम्पनीको भनाइ छ । यो योजना मासिक किस्ताबन्दीमा देशभर लागू भएको कम्पनीले जनाएको छ ।