१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ श्रावण २७ शुक्रबार ०६:३४:००
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

रिचेत जलविद्युत्को आइपिओ बिक्री प्रबन्धकमा एनआइबिएल एस क्यापिटल

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ श्रावण २७ शुक्रबार ०६:३४:००

रिचेत जलविद्युत् कम्पनी लिमिटेडको सेयर सार्वजनिक निष्कासन गर्नका लागि एनआइबिएल एस क्यापिटल लिमिटेड बिक्री प्रबन्धकमा नियुक्त भएको छ । कम्पनी ऐन, २०६३ अन्तर्गत ०७० सालमा स्थापना भएको रिचेत जलविद्युत् कम्पनीको प्रमुख कार्यालय ललितपुरको महालक्ष्मीस्थानमा रहेको छ ।

यस कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा सर्वसाधारणका लागि एक लाख १२ हजार कित्ता साधारण सेयर निष्कासन गर्ने भएको छ । नियुक्तिसम्बन्धी सम्झौतामा जलविद्युत् कम्पनीका अध्यक्ष अर्जुनप्रसाद पौडेल र क्यापिटलका नायब महाप्रबन्धक सचिन्द्र ढुंगाना तथा क्यापिटलकै मर्चेन्ट बैंकिङ प्रमुख रोश्ना मानन्धरले हस्ताक्षर गरेको जनाइएको छ ।