मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ श्रावण २७ शुक्रबार ०९:२८:००
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

मर्जरमा १५ दिन मात्रै कारोबार रोक्का

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ श्रावण २७ शुक्रबार ०९:२८:००

नेपाल धितोपत्र बोर्डले मर्जर तथा एक्विजिसनमा जाने कम्पनीको सेयर कारोबार १५ दिन मात्रै रोक्का हुने गरी निर्देशिकाको मस्यौदा बनाएको छ । निर्देशिका लागू भएसँगै वर्षौँ मर्जरमा जान र जाने तयारीमा रहेका कम्पनीहरूको कारोबार रोक्का हुने व्यवस्था हट्नेछ ।

यस्तै, मर्जरपछि प्राप्ति गर्ने कम्पनीको नाम परिवर्तन नभएमा सेयर कारोबार रोक्का नहुने र ६ महिनाभित्र एकीकृत कारोबार गर्नुपर्ने व्यवस्था राखेको छ । मर्जर तथा एक्विजिसनमा जाने संस्थाले प्रारम्भिक समझदारी नभएसम्म गाभ्ने–गाभिने वा प्राप्ति सम्बन्धमा कुनै पनि सूचना चुहाउन नपाउने भएका छन् ।

‘गाभ्ने–गाभिने’ वा प्राप्तिसम्बन्धी जानकारी राख्ने संगठित संस्थाका सञ्चालक, कर्मचारी तथा अन्य सम्बन्धित पक्षले प्रारम्भिक समझदारी नभएसम्म गाभ्ने–गाभिने वा प्राप्ति सम्बन्धमा कुनै पनि सूचना तथा जानकारी सार्वजनिक गर्न पाइनेछैन,’ मस्यौदामा उल्लेख छ ।