१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २३ आइतबार
  • Sunday, 05 May, 2024
रासस हेटौँडा
२o८१ बैशाख २३ आइतबार o८:४१:oo
Read Time : > 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

सवारीचालक अनुमतिपत्र : बागमती प्रदेशमा दिउँसो ४ : ३० देखि अनलाइन फाराम खुला

सेवाग्राहीको चाप बढेपछि मन्त्रालयले गत असार २८ गते तोकिएको कोटामा एक हजार दुई सय १५ जना थप गरी शुक्रबारदेखि लागू हुनेगरी तीन हजार छ सय ७५ पुर्‍यायो

Read Time : > 1 मिनेट
रासस, हेटौँडा
नयाँ पत्रिका
२o८१ बैशाख २३ आइतबार o८:४१:oo

बागमती प्रदेशको श्रम, रोजगार तथा यातायातमन्त्री घनश्याम दाहालले सवारीचालक अनुमतिपत्रका लागि बायोमेट्रिक्सका लागि तोकिएको दिनको कोटा वृद्धि गर्दै ४:३० बजेदेखि अनलाइन फाराम भर्नेसमेतको व्यवस्था मिलाइएको बताएका छन् ।  उनका अनुसार मन्त्रालयले बिहीबार सूचना जारी गर्दै उक्त जानकारी गराएको हो।

सेवाग्राहीको चाप बढेपछि मन्त्रालयले गत असार २८ गते तोकिएको कोटामा एक हजार दुई सय १५ जना थप गरी शुक्रबारदेखि लागू हुनेगरी तीन हजार ६ सय ७५ पुर्‍याएको मन्त्री दाहालले जानकारी दिए । उनका अनुसार बिचौलियाले थप कोटामा मनपरी गर्न नसकून् भनेर शुक्रबार ४:३० बजेको समय नै तोकेर कोटा थप्ने स्पष्ट व्यवस्था मिलाइएको छ । 

यसअघि पालो कुरेर बसेका वा अनलाइन फाराम भर्न नसकेका १८ हजार दुई सय २५ जनाले १५ दिनभित्रै पालो पाउने गरी शुक्रबार नै आवेदन दिन सक्ने व्यवस्था मिलाइएको मन्त्री दाहालको भनाइ छ । मन्त्रालयका सचिव यमलाल भुसालले सबभन्दा बढी आवेदन जगातीस्थित कार्यालयबाट दिन सकिने र सबभन्दा कम आवेदन एकान्तकुनास्थित कार्यालयबाट दिन सकिने बताए । एकान्तकुनामा सवारीचालक अनुमतिपत्र नवीकरणको प्रक्रियामा आएका गुनासो फर्स्याेट गर्नुपर्ने, पुरानो अभिलेख रुजु गर्नेको संख्या अत्यधिक हुने भएकाले तत्कालका लागि न्यूनतम कोटा तोकिएको उनले जनाए । 

बागमती प्रदेश सरकारले यातायात सेवा कार्यालयको सुधारसम्बन्धी विषयलाई उच्च प्राथमिकतामा राखेर काम गरिरहेको सचिव भुसालले बताए ।यसअघि नै मन्त्रालय मातहतको कार्यालयबाट सम्पादन भइरहेको सवारीचालक अनुमतिसम्बन्धी वर्ग थप र नयाँ आवेदनका लागि सेवाग्राहीको अत्यधिक चापलाई व्यवस्थापन गर्न प्रदेश सरकारबाट अतिरिक्त समयमा कार्यालय सञ्चालनको सुरुआत भइसकेको उनको भनाइ छ । 

सेवाग्राहीहरूले https://applydl.dotm.gov.np/ मा गएर तोकिएबमोजिमको विवरण प्रविष्ट गरी चाहेबमोजिमको मितिका लागि आवेदन दिन सक्ने र अत्यधिक चापका कारण वा दैनिक कोटा सकिएको भए अर्को मितिका लागि आवेदन दिन सक्ने व्यहोरा सूचनामा खुलाइएको सचिव भुसालले बताए । बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डे र श्रम, रोजगार तथा यातायातमन्त्री दाहालको निर्देशनका आधारमा सुधार कार्य अगाडि बढिरहेको र अनुगमन भइरहेको सचिव भुसालले जानकारी दिए। 

उनका अनुसार बागमती प्रदेश सरकारले ०८३ सालसम्मको पालो कुरेर बसेका सबै सेवाग्राहीले जेठको दोस्रो हप्ताभित्रै सेवा प्राप्त गरिसकेका छन् । बागमती प्रदेशमातहतको यातयातसम्बन्धी सबै सेवा प्रवाहको तथ्यांकलाई दैनिक रूपमा वेबसाइटमै राख्ने तयारी भइरहेको मन्त्रालयले जनाएको छ ।
 

ad
ad