१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ श्रावण २७ शुक्रबार ०७:५५:००
Read Time : < 1 मिनेट
समाचार प्रिन्ट संस्करण

दक्ष जनशक्ति उत्पादनमा भूमिका खेल्न प्राध्यापकलाई आग्रह

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ श्रावण २७ शुक्रबार ०७:५५:००

प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालमा दक्ष जनशक्ति उत्पादनमा महत्वपूर्ण भूमिका निर्वाह गर्न प्राध्यापकहरूलाई आग्रह गरेका छन् । नेपाल पत्रकार संघको ६०औँ वार्षिक तथा हीरक महोत्सवका अवसरमा बिहीबार प्रधानमन्त्री तथा विश्वविद्यालयका कुलपति देउवाले विश्वका नयाँ ज्ञान र प्रविधिलाई जोडेर उच्च शिक्षामा दक्ष जनशक्ति उत्पादनमा लाग्न आग्रह गरेका हुन् । 

प्रधानमन्त्री देउवाले देश विकासमा उच्च शिक्षाको महत्वपूर्ण भूमिका हुने र शिक्षालाई अनुसन्धानमूलक, जीवनोपयोगी र रोजगारमूलक बनाउनुपर्ने बताए । कार्यक्रममा शिक्षामन्त्री देवेन्द्र पौडेलले उच्च शिक्षालाई व्यावहारिक बनाउनुपर्ने बताए । उच्च शिक्षालाई प्रयोगात्मक र गुणस्तरीय बनाउन सरकारले सहयोग गर्ने बताए । विश्वविद्यालयमा भएका समस्या समाधानका लागि समाधान गर्न तयार भएको उनको भनाइ छ । 

विश्वविद्यालयमा भएका समस्या समाधानमा आफूले सक्दो सहयोग गर्ने शिक्षामन्त्री पौडेलले बताए । विश्वविद्यालयमा आंशिक र करार शिक्षकको समस्या समाधानमा समेत चासो व्यक्त गरेका छन् । उनले विश्वविद्यालयमा विभिन्न माग गरी तालाबन्दी गर्ने संस्कारको अन्त्य गरी सहमतिबाट समाधान खोज्न आग्रह गरेका थिए ।