१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
२०७९ श्रावण २६ बिहीबार २२:३२:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

जापानमा एकै दिन साढे दुई लाख संक्रमित, २५१ को मृत्यु

Read Time : < 1 मिनेट
२०७९ श्रावण २६ बिहीबार २२:३२:००

जापानमा पछिल्लो समयमा कोरोना भाइरसको संक्रमण थप बढ्दै गएको देखिएको छ । यहाँका अधिकारीहरूले दिएको जानकारीअनुसार यहाँ एकै दिनमा दुई लाख ५० हजार चार सय तीनजनामा संक्रमण देखिएको छ ।

जापानको स्वास्थ्य मन्त्रालयले दिएको जानकारीअनुसार यहाँ बुधबार मात्र यति धेरै संक्रमित पाइएका हुन् । यही अगस्ट ३ पछि यहाँ सबैभन्दा धेरै संक्रमित देखिएका हुन् । अगस्ट ३ तारिखमा दुई लाख ४९ हजार ८३० जना संक्रमित देखिएका थिए । सो संख्या निकै समयपछिको सबैभन्दा धेरै थियो ।

यहाँ कारोना भाइरसको नयाँ उपप्रजाति ‘बिए.५’ थप द्रुत गतिमा फैलिएको बताइएको छ । उक्त प्रजाति अन्य प्रजातिहरूका तुलनामा यो उपप्रजाति द्रुत गतिमा फैलिने प्रकृतिको रहेको पनि ती अधिकारीहरूले जनाएका छन् ।
यहाँका स्वास्थ्य अधिकारीहरूले बुधबार नै दुई सय ५१ जनाको ज्यान गएको पनि बताएका छन् । यहाँ पछिल्लो समयमा गम्भीर प्रकृतिका संक्रमितको संख्या पनि बढ्न थालेको पाइएको समाचारमा जनाइएको छ ।

जापानका ४७ मध्येका २० प्रान्तमा पछिल्लो समयमा धेरै संक्रमित भेटिन थालेका पनि समाचारमा जनाइएको छ । तीमध्ये धेरै राजधानी टोकियोमा नै पाइएको बताइएको छ ।