मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ श्रावण २६ बिहीबार १९:२३:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

वडाध्यक्षहरूबाटै किन भयो बालेनको आलोचना ?

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ श्रावण २६ बिहीबार १९:२३:००

काठमाडौं महानगरपालिकाको कार्यपालिका बैठकमा मेयर बालेन्द्र शाहको आलोचना भएको छ । बिहीबारको नगर कार्यपालिका बैठकमा वडाध्यक्षहरूले फोहोर व्यवस्थापन गर्न नसकेको भन्दै मेयर शाहको आलोचना गरेका हुन् । 


सबैलाई साथ लिएर जाँदा मात्र गन्तव्यमा पुगिने भन्दै वडाध्यक्षहरूले शाह एक्लै हिँड्न खोजेको जिकिर गरे । वडा नम्बर १० का अध्यक्ष रामकुमार केसीले भने, ‘मेयर साप कहाँ कहाँ कुदिरहनुभएको छ ? तर, जहाँ गए पनि एक्लै हुनुहुन्छ । हामीलाई मात्र होइन, फोहोर मैलाको टिमलाई सोध्दा पनि थाहा छैन भन्छन् ।’ मेयर असफल हुँदा महानगरका सबै जनप्रतिनिधि असफल सिद्ध हुने भन्दै एक्लै हिँड्नभन्दा टिमसँग सहकार्य गर्न सुझाब दिए । 


काठमाडौं महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरले फोहोर व्यवस्थापन चुनौतीपूर्ण रहेकाले सहज रूपमा नलिन आग्रह गरे । प्लान ए, बी र सी बनाएर काम गर्नुपर्ने उनको भनाइ थियो । अन्य कार्यपालिका सदस्यहरूले फोहोरको दुर्गन्धले गर्दा काठमाडौंबासीलाई सुत्न पनि नसक्ने स्थिति आएको जिकिर गरे । 
अधिकांश वडाध्यक्षहरूले गाईजात्रा, इन्द्रजात्राजस्ता महत्वपूर्ण पर्व आइसकेकाले रातारात भए पनि फोहोर उठाउनुपर्ने धारणा राखे । 
त्यसमा उपमेयर सुनीता डंगोलले पनि समर्थन जनाइन् । उनले फोहोर मैला व्यवस्थापनको लागि मेयरले निर्देशन दिन आवश्यक रहेको धारणा राखिन् ।