Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७९ श्रावण २५ बुधबार ०८:१२:००
Read Time : < 1 मिनेट
समाचार प्रिन्ट संस्करण

व्यावसायिक बाख्रापालनबाट लाखौँ आम्दानी गर्दै डोल्पाका युवा

चार वर्षअघि दुईजना युवा मिलेर २५ वटा बाख्राबाट सुरु गरिएको व्यवसायमा अहिले दुई सय बोका–बाख्रा पुगेका छन्

Read Time : < 1 मिनेट
२०७९ श्रावण २५ बुधबार ०८:१२:००

डोल्पाको त्रिपुरासुन्दरी नगरपालिकाका युवाहरूले जिल्लामै पहिलोपटक व्यावसायिक बाख्रापालन गरेर लाखौँ आम्दानी गरेका छन् । चार वर्षअघि नगरपालिकाको वडा नं ५ खदाङमा दुईजना युवा मिलेर २५ वटा बाख्राबाट सुरु गरिएको व्यवसायमा अहिले दुई सय बोका–बाख्रा पुगेका छन् । बाख्रा बेचेरै वार्षिक चारदेखि पाँच लाखसम्म आम्दानी गर्न थालेका हुन् ।

डोल्पालाई मासुजन्य उत्पादनमा आत्मनिर्भर बनाउने उद्देश्यले बाख्रापालन व्यवसाय सुरु गरिएको हरियापानी बाख्रापालन कृषक समूहका सचिव राजेन्द्रप्रसाद उपाध्यायले बताए । अहिले व्यवसायको चल–अचल सम्पत्ति जोड्दा करिब ४० लाख पुग्ने उनले बताए । ‘अहिले बाख्रा फार्ममा लोकल खरी जात र जमुनापारी गरेर दुई जातका बाख्राहरू रहेका छन्, हाम्रो मुख्य उद्देश्य निकट भविष्यमै हजार बाख्रा पुर्‍याउने र करिब १० जना स्थानीय युवालाई रोजगारी दिने रहेको छ,’ उनले भने ।

त्यति मात्र नभई फार्मको वरिपरी भएका नांगा डाँडापाखामा वृक्षारोपण गरेर हराभरा गराउने रहेको उनले बताए ।स्थानीय युवाहरूको व्यवसायलाई प्रोत्साहन गर्न आधुनिक खोर निर्माणका लागि पशु अस्पताल तथा पशुसेवा कार्यालयबाट गत आर्थिक वर्षमा १२ लाख अनुदान सहयोग प्राप्त भएको थियो, डोल्पाको मासुको मागलाई पूर्ति गर्न अहिले रुकुम जाजरकोट, मुस्ताङ, जुम्लालगायतका जिल्लाबाट हजारौँको संख्यामा खसी–बोका भित्रिने गर्छ ।