१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ श्रावण २४ मंगलबार
  • Sunday, 29 September, 2024
नयाँ पत्रिका काठमाडौं
२o७९ श्रावण २४ मंगलबार o६:११:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

चन्द्रागिरि नपाको कर आइएमई पेबाट भुक्तानी गर्न सकिने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ श्रावण २४ मंगलबार o६:११:oo

चन्द्रागिरि नगरपालिकाको कर अब आइएमई पेबाट भुक्तानी गर्न सकिने भएको छ । नगरपालिकाले भुक्तानी सेवाप्रदायकलाई एकीकृत गरी विद्युतीय कर भुक्तानी सेवाको सुरुवात गरेसँगै नगरपालिकाका सेवाग्राहीले आइएमई पे एप डाउनलोड गरी आइएमई पे एपमार्फत अथवा नगरपालिकाको वेबपोर्टलमा गएर आइएमई पेमार्फत घरबहाल कर, सम्पत्ति कर र व्यावसायिक कर तिर्न भुक्तान गर्न सक्ने भएका हुन् । 

नगरपालिकाले विशेष कार्यक्रमको आयोजना गरी विद्युतीय कर भुक्तानी सेवा सुरु गरेको हो । उक्त कार्यक्रममा नगर प्रमुख घनश्याम गिरीले विज्ञान र प्रविधिको युगमा नगरपालिकाले सुरु गरेको विद्युतीय कर भुक्तानी सेवाले आमसेवाग्राहीलाई नगरपालिकाको कर भुक्तानी गर्न सजिलो मात्र नभई संसाधनको समेत बचत हुने र नगरपालिका र वडाहरूमा सेवाग्राहीको चाप पनि कम हुने बताए । सबै वडाका प्रतिनिधि तथा कर्मचारीहरू यो सेवाको प्रवद्र्घन गर्न अगाडि बढ्नुपर्ने उनको भनाइ थियो । 

आइएमई डिजिटलले ‘आइएमई पे’ ब्रान्डमा उपलब्ध गराएको मोबाइल वालेट सेवाअन्तर्गत व्यक्ति–व्यक्तिका बीचमा हुने सामान्य रकम ट्रान्सफर गर्ने सुविधादेखि लिएर विभिन्न अनलाइन तथा स्थलगत स्टोरहरूमा क्युआरमार्फत भुक्तानी गर्ने, मोबाइल रिचार्ज गर्ने र विभिन्न घरायसी तथा कार्यालयका बिलहरू भुक्तानीमा सेवा प्रदान गर्दै आइरहेको जनाइएको छ ।