
एमालेका अध्यक्ष केपी ओलीले देशका लागि काम गर्ने एक मात्रै पार्टी एमाले भएको बताएका छन् ।
सोमबार रौतहटको गौरमा आयोजित आमसभा तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले देश बनाउने एक मात्र पार्टी एमाले भएको जिकिर गरे । ‘देश विकासको भिजन भएको अरू कुनै पार्टी छैन । एमालेसँग मात्र यो देशलाई कसरी समृद्ध बनाउने भन्ने योजना छ,’ उनले भने ।
सोही कार्यक्रममा ओलीले गौर नगरपालिकाका पूर्वप्रमुख अजयकुमार गुप्तालगायत सयौँलाई टीका लगाएर एमालेमा प्रवेश गराए ।