Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
फाइल फाेटाे
नयाँ पत्रिका काठमाडौं
२०७९ श्रावण २३ सोमबार १६:१९:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

वाम–राष्ट्रवादी गठबन्धनको पक्षमा मैनाली नेतृत्वको नेकपा माले

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ श्रावण २३ सोमबार १६:१९:००

सिपी मैनाली नेतृत्वको नेकपा माले आमनिर्वाचनमा वाम–राष्ट्रवादी गठबन्धनको पक्षमा उभिएको छ। मालेका प्रवक्ता कुमार बेल्वासेले केन्द्रीय कमिटी बैठकको निर्णय सार्वजनिक गर्दै चुनावी गठबन्धनबारे पार्टीको पछिल्लो ‘पोजिसन’ प्रस्ट्याएका हुन्।

‘अहिलेको राष्ट्रिय आवश्यकता व्यापक वाम चुनावी सहकार्य वा गठबन्धन र सो सम्भव नभएको अवस्थामा वाम–राष्ट्रवादी  चुनावी सहकार्य वा गठबन्धनको निर्माण हो भन्ने कुरामा नेकपा (माले) जनहरूले स्पष्ट रहनुपर्छ,’ बेल्वासेद्वारा जारी विज्ञप्तिमा भनिएको छ। व्यापक वाम गठबन्धन सम्भव नभए एमालेको नेतृत्वमा न्यूनतम कार्यक्रममा आधारित भएर त्यस्तो गठबन्धन बनाउन सकिने मालेको ठहर छ।

‘सरकारले आउने मंसिर ४ गते आमनिर्वाचन गर्ने घोषणा गरिसकेको परिप्रेक्ष्यमा देशमा बढ्दो हिन्द–प्रशान्त रणनीति र हिन्द–पश्चिमी स्वार्थअनुसारका क्रियाकलापलाई रोक्नको निम्ति आमनिर्वाचन र प्रदेशको निर्वाचनको सन्दर्भमा चुनावमा भाग लिने सबै वामपन्थी दलहरूलाई समेट्ने व्यापक वाम–सहकार्य वा गठबन्धन निर्माण गर्न र यस्तो सम्भव नहुने स्थितिमा प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले न्यूनतम कार्यक्रममा आधारित वाम–राष्ट्रवादी चुनावी सहकार्य वा गठबन्धन निर्माण गर्न अग्रसर हुनु अत्यावश्यक छ भन्ने ठहर बैठकले गरेको छ,’ निर्णयमा भनिएको छ।