मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७९ श्रावण २२ आइतबार १५:४५:००
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

क्युबाको तेल भण्डारमा चट्याङ पर्दा आगलागी, ८० जना घाइते, १७ जना बेपत्ता

Read Time : < 1 मिनेट
२०७९ श्रावण २२ आइतबार १५:४५:००

क्युबाको मातान्जास सहरस्थित तेल भण्डारण केन्द्रमा चट्याङ लागेर आगलागी हुँदा करिब ८० जना घाइते भएका छन् भने १७ जना अग्निनियन्त्रक बेपत्ता भएका छन्। सिबिएस न्युजले यहाँको ऊर्जा तथा खानी मन्त्रालयलाई उद्धृत गर्दै अग्निनियन्त्रकहरूले अझै पनि माटान्जास सुपरट्यांकर बेसमा आगो निभाउने प्रयास गरिरहेका  बताएको छ।

स्थानीय समयअनुसार शुक्रबार राति सुरु भएको आगलागी अहिलेसम्म  नियन्त्रण हुन सकेको छैन। सरकारले सबै प्रकारका घरेलु उयाय अवलम्बन गरे पनि नियन्त्रण गर्न नसकेपछि तेल भण्डारणबारे अनुभव भएका मैत्री देशहरूबाट अग्निनियन्त्रण विज्ञहरूको मद्दत मागेको छ।

आगलागीको आसपासको क्षेत्रलाई नियन्त्रणमा लिन सेनाले हेलिकाेप्टरबाट पानी खसाल्दै आगो निभाउने प्रयास गरिरहेको छ। मातान्जासका अग्निनियन्त्रक प्रमुख रोबर्टो डे ला टोरेले भनेअनुसार अग्नि नियन्त्रकहरूले आगो फैलिनबाट रोक्न ट्याङ्कीहरूलाई चिसो राख्न प्रयास गरिरहेका छन्।

मातान्जासको प्रान्तीय सरकारको फेसबुक पेजले घाइतेको संख्या ७७ पुगेको र १७ जना बेपत्ता रहेको उल्लेख गरेको छ। घाइतेमध्ये सातजनालाई हवानाको क्यालिक्सटो गार्सिया अस्पतालमा लगिएको छ। क्युबाले इन्धन अभावको सामना गरिरहेको वेला यस्तो घटना भएको हो। यद्यपि घटनाको विस्तृत विवरण र क्षति भने अझै यकिन गर्न सकिने अवस्था छैन। रासस/एएनआई