१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ १ मंगलबार
  • Tuesday, 14 May, 2024
फाइल फाेटाे
नयाँ पत्रिका काठमाडौं
२o८१ जेठ १ मंगलबार ११:३७:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

‘नो हर्न’ प्रभावकारी बनाउन काठमाडौं महानगर र ट्राफिक प्रहरीको अभियान सुरु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ १ मंगलबार ११:३७:oo

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले ‘नो हर्न’ प्रभावकारी बनाउन अभियान सञ्चालन गरेको छ। आइतबार एक कार्यक्रम आयोजना गरेर पुनः काठमाडौं उपत्यकामा नो हर्न अभियानलाई प्रभावकारी बनाइने जनाएको हो।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयको आयोजनामा काठमाडौं महानगरपालिका, पद्मकन्या बहुमुखी क्याम्पस र कान्तिपुर डेन्टल कलेज तथा हस्पिटलसँगको सहकार्यमा यो अभियान सञ्चालन गरिएको हो। ट्राफिक स्वयंसेवक परिचालन समुद्घाटन कार्यक्रममा बोल्दै काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले नो हर्न अभियानलाई काठमाडौंमा पुनः प्रभावकारी रूपमा सञ्चालन गर्न लागिएको बताए। मेयर साहले सवारीसाधनबाट आउने हर्नका कारण मानसिक तिक्तता हुनेजस्ता समस्या बढेकाले यसलाई प्रभावकारी बनाउन लागिएको बताए।

‘पहिलादेखि नै लागू भएको हो। यसको अभ्यासलाई पुनः प्रभावकारी बनाउनुपर्छ भनेर यो अभियान सुरु गरेका हौँ। जनचेतना फैलाउन आवश्यक पनि भएको छ। भेकलहरूबाट आउने हर्नले डिस्टर्ब मात्रै नभएर मानसिक पनि समस्या पैदा गरेको छ। यसले इरिटेसन एकदमै धेरै बढाइरहेको पाइएको छ। ट्राफिक व्यवस्थापन गर्नका लागि हर्न बजाउनु र नबजाउनुले पनि धेरै फरक पर्ने रहेछ। व्यवस्थापन मिलाउनमा नै गाह्रो भएको थियो। बाटोमा सवारी गुडाउँदा एउटा धैर्य राख्नुपर्छ,’ मेयर साहले भने।

कार्यक्रममा काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयकी प्रमुख, प्रहरी नायब महानिरीक्षक मीरा चौधरीले नेपालको परिवेशमा नो हर्न अभियानलाई सफल बनाउन आवश्यक रहेको बताइन्। जनचेतनामूलक कार्यक्रमले समाजमा फरक कथा बनाउने उनको विश्वास छ।

काठमाडौं महानगरपालिकाले २०७३ चैतमा नो हर्न अभियान सञ्चालन गरेको थियो। तर, कोरोनालगायतका विभिन्न समस्याका कारण अभियान प्रभावकारी नबनेपछि पुनः सञ्चालन गरिएको हो।

ad
ad