१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ श्रावण २० शुक्रबार
  • Saturday, 28 September, 2024
२o७९ श्रावण २० शुक्रबार १२:५५:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

परराष्ट्रमन्त्री खड्का चीनको औपचारिक भ्रमणमा जाँदै

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ श्रावण २० शुक्रबार १२:५५:oo

परराष्ट्रमन्त्री डा. नारायण खड्का तीनदिने औपचारिक भ्रमणका लागि मंगलबार चीन जाँदै छन्। परराष्ट्र मन्त्रालयले शुक्रबार विज्ञप्तिमार्फत यो जानकारी सार्वजनिक गरेको हो।

चीनका स्टेट काउन्सिलर तथा परराष्ट्रमन्त्री वाङ यीको निमन्त्रणामा उनी चीन जान लागेका हुन्। चीनले मन्त्री खड्कालाई बेइजिङमा नभएर सांदोंग प्रान्तको पूर्वी सहर छिङदाओमा निम्ता गरेको हो। खड्का परराष्ट्रमन्त्री भएको एक वर्षपछि उनको पहिलो चीन भ्रमण हुन लागेको हो।

दुई मन्त्रीहरूबीच बुधबार प्रतिनिधिमण्डलस्तरीय द्विपक्षीय वार्ता गर्ने कार्यक्रम छ। दुई देशबीच बिआरआईलगायत दुईपक्षीय आर्थिक सहकार्यदेखि अन्तर्राष्ट्रिय परिवेशबारे छलफल हुने कूटनीतिक स्रोतले बताएको छ। चिनियाँ स्टेट काउन्सिलर तथा विदेशमन्त्री वाङ यीले डा. खड्का र प्रतिनिधिमण्डलका सदस्यहरूको सम्मानमा रात्रिभोजको आयोजना गर्नेछन्। परराष्ट्रमन्त्री बिहीबार काठमाडौं फर्कनेछन्।