मोहन वैद्य ‘किरण’ले नेतृत्व गरेको नेकपा (क्रान्तिकारी) माओवादी र धर्मेन्द्र बास्तोला ‘कञ्चन’ले नेतृत्व गरेको नेकपा बहुमत पार्टीबीच एकता हुने भएको छ । पार्टी एकताका लागि बिहीबार दुवै नेतृत्वसहित वार्ता टोलीबीच संयुक्त बैठक बसेर एकता गर्ने सहमति भएको हो ।
एकता प्रक्रियालाई अगाडि बढाउन पार्टी एकता संयोजन समितिसमेत गठन गरिएको छ ।