१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024
२०७९ श्रावण १९ बिहीबार ०७:३४:००
Read Time : < 1 मिनेट
अर्थ

धादिङका १३ पालिकामा एक अर्ब दुई करोड बेरुजु

Read Time : < 1 मिनेट
२०७९ श्रावण १९ बिहीबार ०७:३४:००

धादिङका १३ स्थानीय तहमा एक अर्ब एक करोड ९३ लाख ४२ हजार रुपैयाँ बेरुजु देखिएको छ । आर्थिक वर्ष ०७७/७८ मा महालेखापरीक्षकको कार्यालयले गरेको लेखापरीक्षणका क्रममा बेरुजु देखिएको हो । 

कार्यालयले १३ वटै पालिकाबाट १६ अर्ब ४४ करोड ३० लाख ४३ हजारको लेखापरीक्षण गरेको थियो । स्वमूल्यांकन प्रणालीमा देशकै उत्कृष्ट बनेको नीलकण्ठ नगरपालिकामा सबैभन्दा बढी बेरुजु देखिएको छ । स्थानीय तह सुशासन स्वमूल्यांकनमा ९७ अंक पाएर देशकै उत्कृष्ट बनेको नीलकण्ठ नगरपालिकामा बेरुजु प्रतिशत १६ दशमलव १ पाइएको छ ।