१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ श्रावण १८ बुधबार
  • Monday, 30 June, 2025
रासस काठमाडौं
२o७९ श्रावण १८ बुधबार २३:२४:oo
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

मेनपावर सञ्चालकविरुद्ध एक करोड ६८ लाख ठगीकाे मुद्दा दायर

Read Time : < 1 मिनेट
रासस, काठमाडौं
नयाँ पत्रिका
२o७९ श्रावण १८ बुधबार २३:२४:oo

वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ३८ सर्वसाधारणसँग झन्डै दुई करोड ठगी गरेको भन्दै आरोपमा मेरिगोल्ड ओभरसिज प्रालिका सञ्चालक र कर्मचारीविरुद्ध वैदेशिक रोजगार न्यायाधिकरणमा बुधबार मुद्दा दायर गरेको छ । 

सो मेनपावरका सञ्चालक र कर्मचारीले रोजगारीका लागि युक्रेनलगायतका देशमा पठाइदिन्छु भन्दै ३८ जनाबाट एक करोड ८६ लाख १५ हजार दुई सय रुपैयाँ लिई रोजगारीमा नपठाई ठगी गरेको विभागले जनाएको छ । आफूहरू वैदेशिक रोजगारीका क्रममा ठगिएकोे भन्दै पीडितहरूले विभाग उजुरी दिएका थिए । 
मेनपावर सञ्चालक रवीन्द्रकुमार श्रेष्ठ, भवानीप्रसाद कोइराला र यामबहादुर कार्की तथा कर्मचारी अमिर थुलुङले वैदेशिक रोजगार ऐन, २०६४ को दफा ४४ तथा गणेशप्रसाद मैनाली, सुरज कार्की र दिपेश गुप्ताले ऐनको दफा ४३ बमोजिम कसुर गरेकाले उनीहरूविरुद्ध ठगी गरेको एक करोड ८६ लाख १५ हजार दुई सय रुपैयाँ र सोको ५० प्रतिशत हर्जाना भराउन माग दाबी गर्दै मुद्दा दायर गरिएको विभागका निर्देशक कृष्णप्रसाद भुसालले जानकारी दिए ।