मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
तस्बिर : नयाँ पत्रिका फाइल
नयाँ पत्रिका काठमाडौं
२०७९ श्रावण १८ बुधबार २०:३१:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

साढे तीन महिनामा बाढीपहिरो र चट्याङबाट ८८ को मृत्यु, २८ जना अझै बेपत्ता

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ श्रावण १८ बुधबार २०:३१:००

बाढीपहिरो र चट्याङबाट साढे तीन महिनामा ८८ जनाको ज्यान गएको छ । राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार १ वैशाखदेखि १८ साउनसम्म ८८ जनाको ज्यान गएको हो । 
प्राधिकरणका अनुसार यो अवधिमा विपतका एक हजार २७७ घटना भएका थिए । तीमध्ये बाढीपहिरो र चट्याङका मात्र तीन सय २० घटना थिए । 
साढे तीन महिनामा चट्याङका एक सय ६३ घटना रेकर्ड भएको छ । ती घटनामा परी ५५ जनाले ज्यान गुमाएका छन् भने दुई सय ३९ परिवार प्रभावित भएका छन् । चट्याङबाट २८ लाख रुपैयाँबराबरको भौतिक क्षति भएको अनुमान गरिएको छ । 
यस्तै, १ वैशाखदेखि १८ साउनसम्ममा पहिरोका एक सय ३० घटना भएका छन् । ती घटनामा परेर २७ जनाको मृत्यु भएको प्राधिकरणले जनाएको छ । बाढीपहिरोमा परेका २८ जना अझै फेला परेका छैनन् । ती घटनामा एक सय ३२ परिवार प्रभावित भएको र पाँच करोड १७ लाख रुपैयाँबराबरको क्षति भएको प्राधिकरणको भनाइ छ ।