१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ श्रावण १८ बुधबार
  • Monday, 01 July, 2024
२o७९ श्रावण १८ बुधबार १o:o७:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
अर्थ प्रिन्ट संस्करण

लुम्बिनीमा रिसोर्ट खोल्न दिइएको अनुमति खारेज

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ श्रावण १८ बुधबार १o:o७:oo

‘संसारा वेलनेस’लाई लुम्बिनी विकास कोषभित्र रिसोर्ट सञ्चालन गर्न दिइएको अनुमति खारेज गरिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री तथा लुम्बिनी विकास कोष परिषद्का अध्यक्ष जीवनराम श्रेष्ठको अध्यक्षतामा मंगलबार लुम्बिनीमा बसेको परिषद् बैठकले क्याम्पेन ग्राउन्डको जग्गा निजी कम्पनीलाई दिने खारेज गरेको हो । 

तत्कालीन पर्यटनमन्त्री प्रेम आलेले १९ वैशाखमा निजी कम्पनीलाई कोषपरिसरमा रिसोर्ट सञ्चालन गर्ने अनुमति दिएको थियो । उक्त स्थानमा लुम्बिनी विकास कोष आफैँले सुविधासम्पन्न पार्क, पिकनिक सेड र व्यवस्थापनसहितको मनोरञ्जन स्थल बनाउने निर्णय गरिएको लुम्बिनी विकास कोषका कोषाध्यक्ष सिद्धिचरण भट्ट्रराईले जानकारी दिए । परिषद् बैठकले एक महिनाभित्र पर्यटकीय विद्युतीय बस सेवा सञ्चालन गर्ने निर्णय गरेको छ । 

यसैगरी, मंसिरमा अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन गर्न कोषका उपाध्यक्ष भिक्षु मैत्रेयको संयोजकत्वमा कार्यसम्पादन समिति निर्माण गरिएको छ । तिलौराकोटको विश्वसम्पदा सूचीमा सूचीकरणका लागि मनोनयन रणनीतिपत्र लेखन गर्न डंगन मार्सल अस्ट्रेलियालाई अन्तर्राष्ट्रियविज्ञ छनोट गरिएको छ । 
 

ad
ad
ad
ad