१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024
अविरल वर्षापछिको पहिरोले अवरुद्ध नारायणगढ–मुग्लिन सडकखण्ड । तस्बिर : संजित परियार/नयाँ पत्रिका
जिल्ला ब्युरो नयाँ पत्रिका
२०७९ श्रावण १८ बुधबार ०६:०५:००
Read Time : > 1 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

अविरल वर्षाले देशभरको जनजीवन प्रभावित

Read Time : > 1 मिनेट
जिल्ला ब्युरो, नयाँ पत्रिका
२०७९ श्रावण १८ बुधबार ०६:०५:००

कोइली नदीमा बेपत्ता तीनमध्ये एकको शव भेटियो, एक अझै बेपत्ता
कपिलवस्तुको वाणगंगा नगरपालिका– ९ स्थित कोइली नदीले एकै परिवारका तीनजनालाई बगाएको छ । मंगलबार बिहान निउरो टिप्न कोटिहवा सामुदायिक वन क्षेत्रभित्र पर्ने कोइली नदीमा पुगेका वीरबहादुर सुनार, उनकी पत्नी राममाया सुनार र १२ वर्षका छोरा नीरज सुनारलाई बाढीले बगाएको थियो । नीरजलाई करिब चार सय मिटर तल पुर्‍याएपछि स्थानीयले उद्धार गरेका छन् । तर, उनकी आमा राममाया सुनारको भने झन्डै एक किलोमिटरको दूरीमा शव फेला परेको छ । वीरबहादुरको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

पोखरामा करिब दुई सय घर डुबानमा
आइतबारदेखिको अविरल वर्षाका कारण पोखरा महानगरपालिका– १३ स्थित कमलपोखरी क्षेत्रका करिब दुई सयवटा घर डुबानमा परेका छन् । वर्षाले रूपा गाउँपालिका– १ गैरीपोखरीस्थित पोखरा (बेगनास)बाट लमजुङ (भोर्लेटार) जाने पक्की भित्री सडक खण्डमा अन्दाजी २५ मिटर लम्बाइ सडक भासिन जाँदा सडक पूर्ण रूपमा अवरुद्ध भएको छ । 

नारायणीमा पानीको बहाव खतरानजिक
नारायणीमा पानीको सतह खतरानजिक पुगेपछि पूर्वी नवलपरासीको त्रिवेणीस्थित गण्डक बाँँधका ३६ वटै ढोका खोलिएको छ । पानीको बहाव तीन लाख ६७ हजार क्युसेकभन्दा माथि गएपछि खतराको लेबल मानिन्छ । अहिले दुई लाख ९७ हजार प्रतिसेकेन्डको वेग छ । 

साँफे–मार्तडी राजमार्ग दुई सातादेखि अवरुद्ध 
बाजुराको बडिमालिका नगरपालिका– १ अम्कोटमा पहिरो जाँदा साँफे–मार्तडी राजमार्ग दुई सातादेखि अवरुद्ध भएको छ । अम्कोटमा ६ वर्षयता वर्षामा निरन्तर पहिरो जाने गरेको छ । राजमार्ग अवरुद्ध भएसँगै साना तथा ठूला सवारीसाधन बन्द भएका छन् । 

आगामी २४ घन्टा सचेत रहन जल तथा मौसम पूर्वानुमान महाशाखाको आग्रह
देशका केही स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै तथा प्रदेश १ र कर्णाली प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकोले उक्त भू–भागहरूमा भू–क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम छ । साथै नदी नाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने र दैनिक जनजीवन/यातायात क्षेत्रसमेत प्रभावित हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउनुहुन सबैमा अनुरोध छ ।

पहिरोले अवरुद्ध नारायणगढ–मुग्लिन सडकखण्ड झन्डै २३ घन्टापछि सञ्चालनमा 

अविरल वर्षापछिको पहिरोले अवरुद्ध नारायणगढ–मुग्लिन सडकखण्ड झन्डै २३ घन्टापछि सञ्चालनमा आएको छ । भरतपुर महानगरपालिका– २९ केराबाारीस्थित मौरी खोला पुलनजिकै सोमबार राति ११ बजे पहिरो खसेपछि सडक अवरुद्ध भएको थियो । पहिरो पन्छाएपछि मंगलबार रातिदेखि सडक सञ्चालनमा आएको छ ।

पहिरोका कारण सवारीसाधन नारायणगढ, भरतपुर र गैँडाकोट क्षेत्रमै रोकिएका थिए । यात्रुहरू सडकमै अलपत्र परेका थिए । जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डिएसपी नरहरि अधिकारीका अनुसार पहिरो पन्छाउने काम भइरहे पनि पहिरो खस्न नरोकिएपछि बाटो खुलाउन ढिलाइ भएको छ ।

बाजुरामा गगन अयडी, हुम्लामा नरजन तामाङ, कपिलवस्तुमा डिलाराम भुसाल, नवलपरासीमा रामकुमार श्रेष्ठ, कास्कीमा रोहितराज पराजुली, गोरखामा केशव गुरुङ, चितवनमा विवेक पोख्रेल र उदयपुरमा विदुर कटुवाल