१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ श्रावण १६ सोमबार
  • Monday, 01 July, 2024
२o७९ श्रावण १६ सोमबार १४:३८:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
समाचार डिजिटल संस्करण

पहिरोले सडक बगाएपछि बेँसीसहर–चामेखण्ड अवरुद्ध

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ श्रावण १६ सोमबार १४:३८:oo

लगातारको वर्षासँगै आइतबार राति आएको बाढी र पहिरोले सडक बगाएपछि मनाङ जाने एक मात्र बेँसीसहर–चामे सडक अवरुद्ध भएको छ। बाढीपहिरोले लमजुङको मर्स्याङ्दी गाउँपालिका– ४ रामबजारनजिकै  घोप्टेभिर र मनाङको कोतोमा क्षति पुगेकाले बेँसीसहर–चामे सडक अवरुद्ध भएको हो।

डुम्रे–बेँसीसहर–चामे सडक योजनाका सबइन्जिनियर सुमन अधिकारीका अनुसार मर्स्याङ्दीको रामबजार, घोप्टेभिर र कोतोमा पहिरोले सडक बगाएपछि सोमबार बिहानैदेखि सडक अवरुद्ध भएको छ। सडक बगाएपछि चामेको कोतोमा मानिससमेत वारपार गर्न समस्या भएको  छ। अधिकारीका अनुसार कोतोमा २० मिटरजति सडक बगाएको छ।

मनाङका प्रमुख जिल्ला अधिकारी रवीन्द्र आचार्यले सदरमुकाम चामेनजिकै खोल्सीमा आएको बाढीले कोतोको सडक बगाएको बताए । उनका अनुसार अहिले सडक खुलाउने काम भइरहेको छ ।

ad
ad
ad
ad