१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७९ श्रावण १६ सोमबार १०:२०:००
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

प्रभु र सेन्चुरीबीच मर्जर सम्झौता

Read Time : < 1 मिनेट
२०७९ श्रावण १६ सोमबार १०:२०:००

 प्रभु बैंकले सेन्चुरी कमर्सियल बैंकलाई प्राप्ति गर्ने भएको छ । दुई पक्षबीच मर्जरका लागि आइतबार साँझ प्रारम्भिक सम्झौता भएको छ । मर्जरपछि बन्ने एकीकृत बैंकको नाम ‘प्रभु बैंक’ नै रहने सहमति भएको प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले जानकारी दिए  । 

प्रारम्भिक सम्झौताअनुसार सात सदस्यीय सञ्चालक समितिमा चारजना प्रभु बैंकबाट हुनेछन् । तीनजना हालको सेन्चुरी बैंकबाट रहनेछन् । प्रमुख कार्यकारीमा प्रभु बैंकका वर्तमान सिइओ अशोक शेरचनले नै निरन्तरता पाउनेछन् । मर्जरको प्रक्रियालाई मंसिरसम्ममा अन्तिम रूप दिने गरी सम्झौता भएको उनले जानकारी दिए ।

उनले भने, ‘स्वाप रेसियोबारे सम्पत्ति दायित्व मूल्यांकन (डिडिए)मार्फत टुंगो लगाउने सहमति भएको छ ।’ मर्जरपछि एकीकृत कारोबार थाल्दा प्रभु बैंकको कुल पुँजी कोष झन्डै ३१ अर्ब ७१ करोड रुपैयाँ पुग्नेछ । जसमा सेयर पुँजी २२ अर्ब २६ करोडभन्दा बढी हुनेछ । यस्तै, अवितरित नाफा (रिटेन्ड अर्निङ) करिब दुई अर्ब १० करोड र सञ्चित कोष (रिजर्भ) सात अर्ब ३५ करोड हाराहारी छ ।