१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १९ बुधबार
  • Wednesday, 01 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख १९ बुधबार २o:१४:oo
Read Time : < 1 मिनेट
ad
ad
खेलकुद डिजिटल संस्करण

साफ यू–२० : पहिलो हाफमा भारतको अग्रता

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख १९ बुधबार २o:१४:oo

भारतमा जारी साफ यू–२० फुटबल च्याम्पियनसिपअन्तर्गत अहिले जारी खेलको मध्यान्तर भएको छ । पहिलो हाफसम्ममा नेपाल १–० ले पछि रहेको छ ।
भुवनेश्वरस्थित कालिंगा स्टेडियममा जारी खेलमा भारतले खेलको ३५औँ मिनेटमा नेपाली गोलरक्षक ईश्वर गुरुङको गल्तीको मौका सदुपयोग गर्दै खेलमा अग्रता लिएको हो । पहिलो हाफमा नेपालले केही राम्रा अवसर सिर्जना गरे पनि गोलमा परिणत गर्न सकेन । 
यसअघिका दुई खेलमा नेपालले राम्रो गोलस्कोरिङ क्षमता देखाएको थियो । त्यही बलमा नेपालले यसअघिका दुई खेल जित्दै ६ अंक बटुलिसकेको छ । भारतले भने एक खेल मात्र जितेको छ ।
आजको खेललाई नेपालले निकै महत्वपूर्ण छ । खेलमा विजयी भए नेपाल प्रतियोगिताको फाइनलमा प्रवेश गर्नेछ । पराजित भए फाइनल प्रवेश गरिसकेको बंगलादेशसँगको अन्तिम खेल आफ्नो पक्षमा पार्नुपर्ने हुन्छ । यसअघि नेपालले माल्दिभ्सलाई ४–० र श्रीलंकालाई ३–० गोलअन्तरले पराजित गरेकाले नेपाल उच्च मनोबलका साथ मैदानमा उत्रनेछ ।
 

ad
ad