१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ श्रावण १५ आइतबार
  • Wednesday, 03 July, 2024
२o७९ श्रावण १५ आइतबार १४:३४:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
समाचार डिजिटल संस्करण

झापामा एम्बुलेन्सको ठक्करबाट एकजनाको मृत्यु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ श्रावण १५ आइतबार १४:३४:oo

झापामा एम्बुलेन्सको ठक्करबाट गम्भीर घाइते भएका एकजनाको मृत्यु भएको छ। यही साउन ४ गते एम्बुलेन्सको ठक्करबाट गम्भीर घाइते भएका झापा गाउँपालिका– ६ का २३ वर्षीय राजेश कार्कीको आइतबार मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक वसन्त पाठकले जानकारी दिए।

उनका अनुसार कन्काई नगरपालिका– ३ स्थित सुरुंगा–कुमरखोद सडकखण्डमा दक्षिणबाट उत्तरतर्फ गइरहेको मे.१च १६५४ नम्बरको एम्बुलेन्सले विपरीत दिशाबाट आइरहेको प्र १–०१–०१५ प २१४८ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो। दुर्घटनामा स्कुटर चालक झापा– ६ का राजेश र सोही स्कुटरको पछाडि सवार उनकी श्रीमती २० वर्षीया शर्मिला कार्की घाइते भएकी थिइन्।

घाइते राजेशको बिर्तासिटी अस्पताल बिर्तामोडमा उपचार भइरहेकामा थप उपचारका क्रममा आज बिहान मृत्यु भएको प्रवक्ता थापाले बताए । एम्बुलेन्स र एम्बुलेन्सचालक बिर्तामोड– १० का ४६ वर्षीय चन्द्रबहादुर विक प्रहरीको नियन्त्रण रहेका छन्। रासस

ad
ad
ad
ad