१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ श्रावण १३ शुक्रबार
  • Tuesday, 08 July, 2025
२o७९ श्रावण १३ शुक्रबार १८:५९:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

महोत्तरीमा चक्कु प्रहार गरी पाँच लाख रुपैयाँ लुटपाट 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ श्रावण १३ शुक्रबार १८:५९:oo

महोत्तरीको गौशालामा चक्कु हानेर लुटपाट गरिएको छ । शुक्रबार बेलुका करिब ५ बजे रामगोपालपुर नगरपालिका–७ सहसौलानिवासी अन्दाजी ३५ वर्षीय अरुणकुमार चौधरीलाई चक्कु प्रहार गरी लुटपाट गरिएकाे हाे । चाैधरी  प्र २  ०२ ००४ प ३३४७ नं को अपाची मोटरसाइकलमा गौशाला हुँदै समसीतर्फ जाने क्रममा पछ्याउँदै आएका एक मोटरसाइकलमा सवार तीनजना अपरिचित व्यक्तिहरूले मोटरसाइकलबाट झरेर उनीमाथि चक्कु प्रहार गर्दै उनीसँग रहेको पाँच लाख नगद लुटपाट गरी फरार भएका छन् । 

लगत्तै, घटना स्थल पुगेका इलाका प्रहरी कार्यालय गौशालाका इन्चार्ज प्रहरी निरीक्षक रञ्जन मिश्रले घटनाबारे घाइतेसँग विस्तृत जानकारी लिएर आरोपीको खोजी गरिरहेकाे बताए । लुटपाटमा संलग्न रहेकामध्ये दुईजना पहाडी मूलका र एकजना मधेसी मूलका जस्तो देखिएको घाइते अरुणले बताएका छन् ।

घाइते चौधरी वैष्णवी मनी ट्रान्सफरका सञ्चालक हुन् । सोही मनी ट्रान्सफरको पैसासहित माेटरसाइकलमा सवार उनकाे बायाँ तिघ्रामा चक्कु प्रहार गरी लुटपाट गरिएको हो । घाइते चौधरीको गौशालास्थित गौशाला पोलिक्लिनिकमा उपचार भैरहेको छ । उनकाे अवस्था मध्यम रहेको बताइएकाे छ ।