१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ १ मंगलबार
  • Tuesday, 14 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ जेठ १ मंगलबार १७:१७:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

मौद्रिक नीति उद्योगी व्यवसायीका लागि सहज छैन : अध्यक्ष गोल्छा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ १ मंगलबार १७:१७:oo

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको मौद्रिक नीति उद्योगी व्यवसायीहरूका लागि सहज नभएको बताएका छन्। शुक्रबार २८औँ कार्गो दिवसका अवसरमा नेपाल फ्रेट फरवार्ड एसोसिएसन (नेफा)ले ललितपुरमा आयोजना गरेको कार्यक्रममा अध्यक्ष गोल्छाले यस्तो बताएका हुन्।

वर्तमान अर्थतन्त्रमा देखिएको समस्या समाधान गर्न मौद्रिक नीति कसिलो आएकाले व्यवसायीहरूको लागि सहज नभएको उनको धारणा छ। मौद्रिक नीतिले बैंकको ब्याजदर उच्च वृद्धि तथा तरलता अभावलाई अझ बढाउने भन्दै उनले कसिलो मौद्रिक नीति छोटो समयका लागि मात्रै रहने निजी क्षेत्रले विश्वास गरेको उल्लेख गरे।

‘अहिलेको समस्यालाई पार लगाउनको लागि भर्खरै नयाँ मौद्रिक नीति आएको छ। मौद्रिक नीति कसिलो भएको छ। मौद्रिक नीति हामी उद्योगी व्यवसायीहरूको लागि सहज हुँदैन। मौद्रिक नीतिले अहिलेको भन्दा अझ बढी बैंकिङ ब्याजदरलाई वृद्धि गर्छ। बजारमा विद्यमान रहेको तरलता अभावलाई बढाउँछ। तर, हामीलाई के विश्वास छ भने यो नीति छोटो समयको लागि मात्रै हुन्छ,’ अध्यक्ष गोल्छाले भने।

मौद्रिक नीतिले व्यवसायीहरूलाई सहज नभए पनि औद्योगिक उत्पादनको लागि बैंक ब्याजदरमा छुट दिने व्यवस्था उत्साहजनक रहेको उनले बताए। गोल्छाले आगामी वर्ष ५ प्रतिशतले रेमिट्यान्स बढ्न सके व्यापार घाटा, भुक्तानी सन्तुलन वा शोधनान्तर स्थितिमा सुधार आउने बताए।

ad
ad