Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ श्रावण १३ शुक्रबार १५:२७:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

संसदभित्र संघीयताविरोधी आवाजलाई रोक्नुपर्छ : सांसद साह

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ श्रावण १३ शुक्रबार १५:२७:००

जनता समाजवादी पार्टी नेपालका सांसद प्रमोद साहले प्रतिनिधिसभाभित्र संघीयताविरोधी आवाजलाई रोक्नुपर्ने बताएका छन्। प्रतिनिधिसभा बैठकमा विभिन्न पार्टीका नेताहरूले गणतन्त्र र संघीयताको विरुद्धमा बोल्ने गरेको भन्दै उनले खेद प्रकट गरे।

शुक्रबारको प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै सांसद साहले प्रतिपक्ष दल एमालेका नेताहरूले संघीयताविरोधी आवाज बोल्ने गरेको भन्दै त्यस्तो अभिव्यक्तिलाई रोक्न सभामुखले रुलिङ गर्नुपर्ने माग गरे। उनले आन्दोलनको बलमा आएको संघीयतालाई कसैले हटाउन नसक्ने प्रस्ट पारे।

‘अहिले पनि एमाले नेतृत्वले संघीयताविरोधी आवाज यो हाउसमा बुलन्द गरिरहेको अवस्था रहेको छ। संघीयताविरोधी आवाज उठ्ने चेष्टा गर्‍याे भने निश्चित रूपमा यो देशका पीडित जनता, पीडित जनजाति, मधेसीलगायतका पीडितले आफ्ना अधिकार प्राप्तिको निम्ति लडेको यो अधिकार कुनै पनि हालतमा यो पछाडि पर्दैन । एमालेले खासगरी विगतदेखि नै यो संघीयताविरोधी र धर्मनिरपेक्षताविरोधी अभिव्यक्तिहरू यो हाउसमा दिइरहेको अवस्था छ । यस किसिमको आवाज यहाँ हाउसमा उठ्दा सभामुखले रुलिङ गरेर यस्ता आवाजलाई कुण्ठित गर्नेतिर लानुपर्छ,’ सांसद साहले भने।