Skip This
स्याङ्जामा एक वर्षमा ४६१ सम्बन्धविच्छेदका मुद्दा दर्ता    
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ श्रावण १३ शुक्रबार
  • Monday, 08 July, 2024
रासस स्याङ्जा
२o७९ श्रावण १३ शुक्रबार o८:५९:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
समाचार डिजिटल संस्करण

स्याङ्जामा एक वर्षमा ४६१ सम्बन्धविच्छेदका मुद्दा दर्ता    

Read Time : < 1 मिनेट
रासस, स्याङ्जा
नयाँ पत्रिका
२o७९ श्रावण १३ शुक्रबार o८:५९:oo

स्याङ्जामा एक वर्षको अवधिमा चार सय ६१ सम्बन्धविच्छेदका मुद्दा दर्ता भएका छन् । स्याङ्जा जिल्ला अदालतमा आर्थिक वर्ष ०७८/७९ मा दर्ता भएका ती मुद्दामध्ये तीन सय ७१ फर्स्योट भएका छन् ।  

जिल्ला अदालतका स्रेस्तेदार विश्वप्रसाद रेग्मीका अनुसार ९० मुद्दा फर्स्योट हुन बाँकी छन् । अदालतमा अन्य मुद्दाभन्दा तुलनात्मक रूपमा सम्बन्धविच्छेदका मुद्दा धेरै रहेका छन् । अघिल्लो आव ०७७/७८ मा तीन सय चार मुद्दा दर्ता भएकामा दुई सय ४० फर्स्योट भएका थिए ।

सो आवका ६४ मुद्दा गत आव ०७८/७९ मा जिम्मेवारी सरेर आएको रेग्मीले जानकारी दिए । तुलनात्मक रूपमा पछिल्ला वर्षमा सम्बन्धविच्छेदका मुद्दा दर्ता हुने क्रम बढ्दै गएको छ ।  ‘अन्यको तुलनामा जिल्ला अदालतमा सम्बन्धविच्छेदका मुद्दा बढी दर्ता हुने गरेका छन्,’ रेग्मीले भने, ‘यसको मुख्य कारण वैदेशिक रोजगारी र अन्य पारिवारिक समस्या हुन् ।’

अदालतमा एक सय ३१ अंशबन्डाका मुद्दा दर्ता भएको कार्यालयका नायबसुब्बा एवं फिराद दर्ता शाखाका शोभाकान्त पौडेलले जानकारी दिए । पौडेलका अनुसार पछिल्लो समयमा सामाजिक सञ्जालको दुरुपयोग, सञ्चारमाध्यम, आर्थिक अभाव, घरायसी समस्या, लागुऔषधले निम्त्याएको समस्या, घरेलु हिंसालगायतका कारणले सम्बन्धविच्छेदका घटना बढ्दै गएका छन् ।

‘वैदेशिक रोजगारी, सामाजिक सञ्जालको दुरुपयोग तथा घरायसी समस्याका कारण सम्बन्धविच्छेदका घटना बढ्दै गएका छन्,’ उनले भने, ‘सम्बन्धविच्छेदले पारिवारिक बेमेलसँगै बालबालिका अभिभावकविहीन बन्ने, संरक्षण नहुँदा बेसहारा बन्ने समस्या देखिएका छन् ।’ जिल्ला अदालतले आव ०७८/७९ मा ६३.११ प्रतिशत मुद्दा फर्स्योट गरेको छ ।     

ad
ad
ad
ad