१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ श्रावण १२ बिहीबार
  • Monday, 01 July, 2024
२o७९ श्रावण १२ बिहीबार o८:११:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
सप्तरंग प्रिन्ट संस्करण

पोखरामा ‘शास्त्रीय  संगीत महोत्सव’ हुँदै

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ श्रावण १२ बिहीबार o८:११:oo

पर्यटकीय नगरी पोखरामा १७ र १८ साउनमा ‘शास्त्रीय संगीत महोत्सव’ हुने भएको छ । शास्त्रीय संगीतको महत्व बुझाउन र यसको उन्नयनका लागि सनातन कला साहित्य कुञ्ज काठमाडौंले महोत्सव आयोजना गर्न लागेको हो ।

आयोजक संस्थाका संस्थापक अध्यक्ष उत्तम रिमालका अनुसार महोत्सवको पहिलो दिन पोखरा सभागृहमा र दोस्रो दिन विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिको सभाहलमा कार्यक्रम हुनेछ । कार्यक्रममा वरिष्ठ सितारवादक प्रा.डा. ध्रुवेशचन्द्र रेग्मी, वरिष्ठ कत्थक नृत्यकार कृष्णप्रसाद पौडेल, कत्थक नृत्याङ्गना श्रुति काफ्ले, तबलावादक जगन्नाथ धगौडा, ध्रुपद गायक कुन्दन पाठक, बाँसुरीवादक उमेश पण्डित, पखावज वादक मुकेश शाक्य, तबलावादक निमेश कपालीले कला प्रस्तुत गर्नेछन् ।

महोत्सवको मुख्य उद्देश्य शास्त्रीय संगीतको महत्व बुझाउने र शास्त्रीय संगीतको उन्नयन गर्ने रहेको उनले जानकारी दिए ।रिमालले काठमाडौंमा मात्रै शास्त्रीय संगीतका ३५ वटा कार्यक्रम सम्पन्न गरिसकेका छन् । काठमाडौंमा केन्द्रित हुँदै कार्यक्रम गर्दै आएकोमा अब प्रदेशस्तरमा कार्यक्रम आयोजना गर्न लागेको रिमालले बताए ।

ad
ad
ad
ad