१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ श्रावण ११ बुधबार
  • Saturday, 29 June, 2024
नयाँ पत्रिका काठमाडाैं
२o७९ श्रावण ११ बुधबार २१:३४:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
समाचार डिजिटल संस्करण

भ्रष्टाचार आरोपमा वडाध्यक्षसहित नौजनाविरुद्ध आरोप-पत्र दायर 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o७९ श्रावण ११ बुधबार २१:३४:oo

मुगुको छायाँनाथ राारा नगरपालिका–१० स्थित तीनमुखेदेखि लुवाबान्नासम्म सिँचाइ कुलो निर्माणमा भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वडाध्यक्षसहित नौजनाविरुद्ध आरोप-पत्र दायर गरेको छ ।

तत्कालीन वडाध्यक्ष धर्मदत्त सावत, कृषि विकास बैंक मुगुका तत्कालीन निमित्त कार्यालय प्रमुख पञ्चलाल बुढा, कृषि विकास बैंककै तत्कालीन ना.प्र.स. मणिचन्द्र विक, जिल्ला समन्वय समिति मुगुका तत्कालीन खरिदार विश्वास उपाध्याय, सबइन्जिनियर राजेन्द्र शाही, उपभोक्ता समिति अध्यक्ष बखतबहादुर सेजुवाल, सचिव लालबहादुर सेजुवाल, कोषाध्यक्ष उजेली नेपाली र सहसचिव सुरेश बुढाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा १८ र ३५ बमोजिम बुधबार विशेष अदालत, काठमाडौंमा आरोप-पत्र दायर गरिएको आयोग प्रवक्ता श्यामप्रसाद भण्डारीले जानकारी दिए ।  

प्रवक्ता भण्डारीका अनुसार उनीहरूविरुद्ध २३ लाख १० हजारबराबरको बिगो कायम गरी कैद तथा जरिवानाको सजाय मागदाबी गरिएको छ । 
 

ad
ad
ad
ad