१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ श्रावण ९ सोमबार
  • Sunday, 07 July, 2024
२o७९ श्रावण ९ सोमबार १८:३७:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
समाचार डिजिटल संस्करण

गुडिरहेको म्याजिक भेनमा अचानक आगलागी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ श्रावण ९ सोमबार १८:३७:oo

उदयपुरमा सडकमा गुडिरहेको एक म्याजिक भेनमा अचानक आगलागी भएको छ । सोमबार मदन भण्डारी लोकमार्ग खण्डमा पर्ने चौदण्डीगढी नगरपालिकाका–६ बेल्टारमा गुडिरहेकाे भेनमा अचानक आगलागी भएको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी निरीक्षक मोहन थापाले जानकारी दिए । 

थापाका अनुसार मदन भण्डारी लोकमार्ग हुँदै गाईघाटबाट इटहरीतर्फ जाँदै गरेको प्र०२–००२ च ५०२१ नम्बरको म्याजिक भेनमा गुडिरहेको अवस्थामा अचानक आगलागी भएको हो ।
दमकल, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । आगलागीबाट मानवीय क्षति नभएको, उक्त गाडी र गाडीभित्र भएको ५० काटुन थुक्पा जलेर नष्ट हुँदा अन्दाजी १३ लाख ५० हजारबराबरको क्षति भएको प्रहरी निरीक्षक थापाको भनाइ छ ।

के कारणले आगलागी भएको भन्ने विषयमा अनुसन्धान भइरहेको पनि उनले बताए ।

ad
ad
ad
ad