Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७९ श्रावण ९ सोमबार १७:५५:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

प्रधानमन्त्री उपस्थित हलभित्र नाराबाजी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७९ श्रावण ९ सोमबार १७:५५:००

प्रधानमन्त्री शेरबहादुर देउवा उपस्थित कार्यक्रममा उनीविरुद्ध नाराबाजी भएको छ । सोमबार काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा भएको राष्ट्रिय विभूति भीमसेन थापाको २४८औँ जन्मजयन्तीको अवसरमा आयोजित भीमसेन थापा स्मृति पुरस्कार प्रदान समारोहमा केही युवाहरूले प्रधानमन्त्री देउवाको विरुद्धमा नाराबाजी गरेका थिए । 

आक्रामक रूपमा प्रस्तुत भएका उनीहरूले ‘राष्ट्रिय एकताको रक्षा गरौँ,’ ‘स्वाधिनताको रक्षा गरौँ’, ‘नागरिकता विधेयक खारेज गर्’, ‘एमसिसीको मतियार शेरबहादुर देउवा मुर्दावाद’लगायतका नारा लगाएका थिए ।