१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ श्रावण ९ सोमबार
  • Saturday, 06 July, 2024
प्रतिकात्मक तस्बिर
नयाँ पत्रिका काठमाडौं
२o७९ श्रावण ९ सोमबार १५:५१:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
समाचार डिजिटल संस्करण

गैरीगाउँस्थित कल सेन्टरमा प्रहरीको छापा, नेपाली र चिनियाँसहित २० पक्राउ 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ श्रावण ९ सोमबार १५:५१:oo

अवैध कल सेन्टर सञ्चालनमा संलग्न २० अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्ने अधिकांश चिनियाँ नागरिक रहेका छन्। 

गैरीगाउँस्थित घर भाडामा लिएर कल सेन्टर चलाएको सूचनापछि महानगरीय प्रहरी परिसर काठमाडौं र गौशाला वृत्तले घरमा छापा मारेको थियो। गेटमा रहेका चिनियाँ नागरिकले प्रहरीलाई घरभित्र प्रवेश गर्न दिएका थिएनन्। बल प्रयोग गरेर घरभित्र छिरेपछि प्रहरीले कल सेन्टर चलाउन प्रयोग हुने कम्प्युटरलगायतका सामग्री बरामद गरेको छ।

उनीहरूलाई महानगरीय प्रहरी वृत्त गौशालामा राखिएको छ। प्रहरीले यसअघि आइतबार रुपन्देहीको तिलोत्तमा नगरपालिका– २ मा ब्लु स्काई बिजनेस सोलुसन प्रालि नाममा कल सेन्टर खोली ठगी गर्ने दुई सय ५० भन्दा बढीलाई नियन्त्रणमा लिएको थियो ।

ad
ad
ad
ad