१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ श्रावण ८ आइतबार
  • Wednesday, 02 July, 2025
२o७९ श्रावण ८ आइतबार १३:१४:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

मेरो व्यक्तिगत स्वार्थ छैन, देश विकासका लागि राजनीति गरेको हुँ : नेता पौडेल

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ श्रावण ८ आइतबार १३:१४:oo

नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले विकासका लागि आफूले मिसनको राजनीति गरेको बताएका छन्। नेपाली कांग्रेस व्यास नगर समितिले आइतबार दमौलीमा आयोजना गरेको छलफल कार्यक्रममा उनले देश विकासको मुख्य एजेन्डा लिएर नै आफूले राजनीति गर्दै आएको जिकिर गरे।

‘मेरो व्यक्तिगत कुनै स्वार्थ छैन, देश विकास नै मुख्य स्वार्थ हो,’ नेता पौडेलले भने, ‘राष्ट्रका लागि सधैँभर लागिरहन्छु।’ स्वार्थी मानिससँग बच्न आग्रह गर्दै उनले पैसाले चुनाव लड्न खोज्नु पनि  राजनीति नभएको बताए। 

गाउँमै रोजगारी र आम्दानी बढाउने मुख्य लक्ष्य अझै पनि पूरा हुन नसकेकाले मानिसहरू सहरतिर विस्थापित भइरहेको उनले उल्लेख गरे। गाउँमै रोजगारीको वातावरण सिर्जना गर्न सके मानिस गाउँमै बस्नेमा नेता पौडेलले जोड दिएका छन्।

‘पार्टीभित्र सबैलाई एकै ठाउँमा हिँडाउने प्रयास गर्दै आएको छु, राजनीतिमा स्थायी शत्रु र स्थायी मित्र भन्ने हुँदैन,’ उनले भने, ‘राजनीतिमा प्रतिस्पर्धा हुन्छ, कोसँग दृष्टिकोण छ त्यसलाई हेरेर जनताले रोज्नु पाउनुपर्छ।’ रासस