१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ श्रावण ८ आइतबार
  • Saturday, 05 July, 2025
नयाँ पत्रिका काठमाडौं
२o७९ श्रावण ८ आइतबार १२:४२:oo
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

धौलागिरि लघुवित्तको आइपिओ आउँदै

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ श्रावण ८ आइतबार १२:४२:oo

धौलागिरि लघुवित्त वित्तीय संस्था लिमिटेडले सर्वसाधारणका लागि साधारण सेयरको निष्कासन तथा बिक्री खुला गर्ने भएको छ। कम्पनीले यही साउन २४ गतेदेखि प्रतिकित्ता रु. १०० अंकित मूल्यमा रु. तीन करोड ३१ लाख मूल्यबराबरका तीन लाख ३१ हजार कित्ता प्रारम्भिक सार्वजनिक निष्कासन (आइपिओ)को बिक्री खुला गर्न लागेको हो।

कम्पनीले निष्कासन गर्ने साधारण सेयरमा कुल जारी पुँजी (१० लाख ३१ हजार कित्ता)को ०.५ प्रतिशत अर्थात् पाँच हजार एक सय ५५ कित्ता सेयर कर्मचारीलाई र निष्कासित सेयरको पाँच प्रतिशत अर्थात् १६ हजार पाँच सय ५० कित्ता सामूहिक लगानी कोषलाई सुरक्षित गरिएको छ। बाँकी तीन लाख नौ हजार दुई सय ९५ कित्ता सेयर खरिदका लागि सर्वसाधारणले आवेदन दिन पाउने कम्पनीले जारी गरेको आह्वानपत्रमा उल्लेख छ।

सर्वसाधारणले यही साउन २९ गतेसम्म न्यूनतम १० कित्तादेखि अधिकतम एक हजार कित्तासम्म खरिदका लागि आवेदन दिन सक्नेछन्। सो अवधिसम्म मागबमोजिम आवेदन नआए आगामी भदौ ७ गतेसम्म निष्कासन खुला रहने कम्पनीले जनाएको छ।

नेपाल धितोपत्र बोर्डबाट सिआस्वा सुविधा प्रदान गर्न अनुमति पाएका बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयका साथै अनलाइनमार्फत ‘मेरोसेयर’ प्रयोग गरेर पनि सर्वसाधारणले सेयर खरिदका लागि आवेदन दिन सकिने कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक सनराइज क्यापिटल लिमिटेडले जनाएको छ।

धितोपत्रको सार्वजनिक निष्कासन गर्दा क्रेडिट रेटिङ गर्नुपर्ने व्यवस्थाअनुसार रेटिङ गर्दा केयर रेटिङ्स नेपालले कम्पनीलाई ‘केयरएनपी बिबी आइएस’ ग्रेडिङ प्रदान गरेको छ। रासस